मोहन लाल पारिक राजस्थान परिषदको अध्यक्ष चयनित
मोहन लाल पारिक राजस्थान परिषदको अध्यक्ष चयनित


कोलकाता, 28 दिसम्बर (हि.स.)। कोलकाता स्थित राजस्थानको प्रवासी नागरिक परिषदको प्रतिनिधि संस्था राजस्थान परिषदको कार्यकारिणी समितिको बैठकमा प्रख्यात समाजसेवी मोहन लाल पारिकलाई आगामी कार्यकालको लागि परिषदको अध्यक्ष चयन गरियो। उपाध्यक्ष भागीरथ चाँडकले संस्थाको पक्षबाट उनलाई अंगवस्त्र प्रदान गरी सम्मानित गरे। परिषद कार्यालमा वरिष्ठ साहित्यकार बंशीधर शर्माको अध्यक्षतामा सम्पन्न कार्यकारिणी समितिको बैठकमा परिषदद्वारा आयोजित विभिन्न कार्यक्रमहरूको लेखा जोखा प्रस्तुत गर्नको साथै आगामी कार्यक्रमहरूको रूपरेखा तयार गरियो।

नयाँ कार्यकारिणीमेा भागीरथ चाँडक, महावीर प्रसाद बजाज, बंशीधर शर्मा एवं सम्पत मान्धनालाई उपाध्यक्ष, अरुण प्रकाश मल्लावतलाई महामन्त्री, भागिरथ सारस्वत एवं अनुराग नोपानीलाई संयुक्त मन्त्री, पन्नालाल सुराणालाई अर्थ मन्त्री, भँवर लाल राठीलाई आयोजन मन्त्री तथा महेन्द्र कुमार पाटनीलाई संगठन मन्त्रीको दायित्व सुम्पिइएको छ।

यस अतिरिक्त कार्यकारिणी सदस्यहरूमा दीनदयाल जाजू, प्रकाश कुमार पारख, नन्दकुमार लढ़ा, राजेश नागोरी, अमित मूंधड़ा, गोपाल बंका, प्रवीण गग्गड़, आनन्द प्रकाश नारसरिया, मनोज काकड़ा, अशोक कुमार चूड़ीवाल, सुरेश बांगाणी, सच्चिदानन्द पारिक, ओम प्रकाश बांगड़ एवं पवन करवा सामेल रहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande