क्यानिंग थाना परिसरमा महिला होम गार्डको शव भेटियो, हत्याको आरोप सब-इन्स्पेक्टरमाथि
क्यानिंग थाना परिसरमा महिला होम गार्डको शव भेटियो, हत्याको आरोप सब-इन्स्पेक्टरमाथि


दक्षिण 24 परगना, 28 दिसम्बर (हि.स.)। दक्षिण 24 परगनाको क्यानिंग पुलिस क्वार्टरबाट एकजना महिला होम गार्डको शव उद्धार गरियो। मृत होम गार्डको पहिचान गुलजान परवीन मोल्ला उपाम रेशमी (22)-को रूपमा भएको छ। मृत होम गार्डको परिवारले क्यानिंग थानाका एकजना सब-इन्स्पेक्टरमाथि यो हत्या गरेको गम्भीर आरोप लगाएको छ।

जानकारी अनुसार गुलज़ान परवीन मोल्ला जीवनतला थाना अन्तर्गत उत्तर मौखाली क्षेत्रकी निवासी थिई जो क्यानिंग थानामा होम गार्डको रूपमा कार्यरत थिइन्। तिनी गत शुक्रवार ड्यूटीपछि क्यानिग पुलिस स्टेशन पछाड़िको क्वार्टरमा गएकी थिइन्। तिनलाई बारम्बार फोन गर्दा पनि कसैले फोन उठाएन। शनिवार पनि दिनभरि तिनीसित सम्पर्क गर्ने प्रयास गरियो तर कुनै फाइदे भएन। त्यसपछि परिवारका सदस्यहरू चिन्तित भएर क्यानिंग पुलिस स्टेशनमा पुगे। बहिनी रुखसाना खातून सोझै क्वार्टरमा गइन्। त्यहाँ पुगेर ढोका खोल्नसाथ रेशमीको शवलाई दुपट्टामा झुण्डिरहेको देखिन्।

सूचना पाएर क्यानिंग थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई तर झारेर पोस्टमर्टम गर्नको लागि व्यवस्था गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

परिवारले बतायो, गुलजानका पिता रशिद मोल्लाको दुई वर्षअघि पञ्चायत चुनाउ अवधि भांगड़मा हत्या भएको थियो। त्यसपछि परिवारकी जेठी छोरी गुलजानले होम गार्डमा नोकरी पाएकी थिइन्। छोरीको यसरी मृत्यु भएपछि परिवारमा ठूलो वज्रपात भएको छ।.

गुलजानको परिवारले क्यानिंग थानाका सब-इन्स्पेक्टर सायन भट्टचार्यविरूद्ध लिखित सिकायत दर्ता गराएको छ। परिवारको आरोप छ, गुलजान र सायन भट्टचार्यबीच अवैध सम्बन्ध थियो, यो कुरा प्रकाशमा आएपछि उसको हत्या गरियो। तथापि पुलिसको भनाइ छ, सबै पाटो र पक्षलाई ध्यानमा राखेर निष्पक्ष जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande