
गान्तोक, 28 दिसम्बर (हि.स.)। सिजिटन एक्सन पार्टी (सीएपी) सिक्किमको सोरेङ जिल्ला अन्तर्गत जूम–सालघारी एसीईसीको एक महत्वपूर्ण समन्वय बैठक आज जोरेथाङस्थित सर्कल कार्यालयमा एसीईसीका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा प्रमुख पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा उपाध्यक्ष कौशल लोहागन, एडु छिरिङ भोटिया, परिषद अध्यक्ष प्रकाश लकान्द्री, महिला परिषद अध्यक्ष (सोरेङ) बिना सुब्बा लगायत संगठनका वरिष्ठ कार्यकारिणी सदस्यहरूको सहभागिता रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकका क्रममा आधिकारिक आदेशहरू औपचारिक रूपमा वितरण गरियो तथा संगठनात्मक संरचनाको सुदृढीकरण, पहुँच र जनचेतनाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रभावकारी उपयोग, विभिन्न परिषदहरूको भूमिका र जिम्मेवारी, समन्वय, अनुशासन तथा तृणमूल स्तरको परिचालन आदि विषयहरूमाथि व्यापक छलफल गरियो।
सभाध्यक्ष अधिकारीले एकता, स्पष्ट दृष्टिकोण र अनुशासित संगठनात्मक कार्यप्रणालीको आवश्यकतामाथि जोड दिँदै एसीईसी जनकेन्द्रित, सक्रिय र सामाजिक दायित्वप्रति उत्तरदायी रहनुपर्ने बताए। उनले सदस्यहरूलाई समर्पण, पारदर्शिता र सामूहिक भावनासहित काम गर्दै संगठनलाई सबै तहमा थप सशक्त बनाउन आग्रह गरे।
बैठक संगठनात्मक कार्यलाई अझ तीव्र बनाउने, सञ्चार संयन्त्र सुदृढ़ गर्ने तथा सामाजिक प्रगति र सार्वजनिक सहभागिताका लागि एसीईसीका व्यापक उद्देश्यसँग परिषदका गतिविधिहरूलाई समन्वय गर्ने दृढ़ संकल्पका साथ सम्पन्न भएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल