सड़कमा खड़ा ट्रकसित बाइक र स्कुटीको ठक्कर, दुईजनाको मृत्यु
सड़कमा खड़ा ट्रकसित बाइक र स्कुटीको ठक्कर, दुईजनाको मृत्यु


सिलगढ़ी, 28 दिसम्बर (हि.स)। नक्सलबाड़ीको सातभैया मोड़मा खड़ा एउटा ट्रकसित बाइक र स्कुटी ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजना घाइते भए। घटना गए शनिवार राती भएको हो। जानकारी अनुसार रथखोलादेखि टुकुरिया डिभीजन तिरबाट बाइक र स्कुटीमा सवार भएर चारजना युवकहरू आइरहेका थिए। सातभैया मोड़ नजिक आइपुगेपछि अचानक नियन्त्रण गुमाएको कारले दुवै वाहन सड़क किनारमा खड़ा ट्रकसित ठोक्किए। यस भयानक ठक्करपछि सबै दुइ चक्के सवारहरू सड़कमा लड़े।

यस दुर्घटनामा बाइक चालक अभिषेक उरांँवको घटनास्थलमै मृत्यु भयो भने घाइतेहरूलाई नक्सलबाड़ी ग्रामीण अस्पतालमा लगियो जहाँ प्राथमिक उपचारपछि दुईजना घाइतेलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो जसमध्ये एकजनालाई अस्पतालबाट छुट्टी दिइयो भने उपचाराधिन रोशन उराँउको मृत्यु भयो। घटनापछि ट्रक चालक घटनास्थलबाट भाग्यो। सूचना पाएर नक्सलबाड़ी थानाको पुलिस र ट्राफिक पुलिस घटनास्थलमा पुग्यो। दमकल कर्मीहरूले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande