
मुम्बई, 28 दिसम्बर (हि.स.)। महाराष्ट्रको सान्ताक्रुजमा कालिना क्षेत्रस्थित एमजीन च्याम्बर्स नामक कमर्शियल बिल्डिंगमा आइतवार सबेरै अचानक लागेको आगोमा कड़ोरौं रुपियाँको सामान जलेर खरानी भयो। घटनाको सूचना पाउनसाथ फायर ब्रिगेडको टीम घटनास्थलमा पुगेर आगो निभाउन जुट्यो। कड़ा मिहेनत गरेर आगोलाई निन्त्रण गरियो।
मुम्बई नगरनिगमका प्रवक्ताले बताए, कालिनाको सीएसटी रोडमा भारत ब्यांक अगाड़ि अवस्थित एमजीन च्याम्बर्स नामक 6 तले कमर्शियल बिल्डिंगमा अचानक आगो लाग्यो। बिल्डिंगलाई चारैतिरबाट कभर गरिएको कारणले अग्निशमन विभागको टीमलाई आगो निभाउन धेरै परिश्रम गर्नुपऱ्यो। तर आज बिहानसम्ममा आगोलाई नियन्त्रण गरियो। यस घटनामा बिल्डिंगको वायरिंग र इन्स्टलेशन, अफिसको फाइल एवं रिकर्डहरू, काठको फर्नीचर, कम्प्यूटर, ढोका, झ्याल, कुर्सी, ग्लास फेकेडको भाग तथा फल्स सीलिंग जलेर खरानी भयो जसबाट कड़ोरौं रुपियाँको नोक्सान भएको छ। कमर्शियल बिल्डिंग भएको कारणले राती यहाँ कुनै कर्मचारी थिएन। त्यसैले कुनै प्रकारको जनहानि भएको समाचार छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा