११ दिने एएफसी ‘सी’ लाइसेन्स कोर्स सफलतापूर्वक सम्पन्न
sfa course


गान्तोक, 28 दिसम्बर (हि.स.)। सिक्किम फुटबल संघ (एसएफए) द्वारा अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को तत्वावधानमा आयोजना गरिएको ११ दिने एएफसी ‘सी’ लाइसेन्स कोर्स आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कोर्स 17 देखि २८ दिसम्बर, २०२५ सम्म सञ्चालन गरिएको थियो। उक्त जानकारी आज एसएफएले प्रेस विज्ञप्तिमा दिएको छ।

उक्त प्रशिक्षण कार्यक्रम एएफसी ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक तथा भारतको अन्डर–१७ राष्ट्रिय टोलीका सहायक प्रशिक्षक सुबम राभाले सञ्चालन गरेको थियो। यस कोर्समा जम्मा २२ जना सहभागी थिए।

एसएफए अनुसार, एएफसी ‘सी’ लाइसेन्स कोर्सले तृणमूल स्तरमा फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। यसले भावी प्रशिक्षकहरूलाई आधुनिक प्रशिक्षण पद्धति, खेलाडी विकास सम्बन्धी गहिरो समझ, प्रशिक्षण योजना, खेल विश्लेषण तथा बाल संरक्षणसम्बन्धी आवश्यक ज्ञान प्रदान गर्दछ।

साथै, उमेरअनुसार उपयुक्त प्रशिक्षण, अनुशासनको विकास तथा सुरक्षित र समावेशी फुटबल वातावरणको प्रवर्द्धनमा पनि विशेष जोड दिइन्छ। प्रशिक्षकहरूको प्राविधिक तथा रणनीतिक दक्षता अभिवृद्धि गरी यो कार्यक्रमले राज्यमा फुटबल प्रशिक्षण र युवा खेलाडी विकासको समग्र स्तर उकास्न उल्लेखनीय योगदान पुर्‍याउँछ।

एसएफएका महासचिव फुर्बा शेर्पाले योग्य प्रशिक्षक उपलब्ध गराइदिएकोमा एआईएफएफप्रति हार्दिक आभार व्यक्त गर्दै सबै सहभागीहरूलाई कोर्स सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए। उनले यस्ता लाइसेन्सिङ कोर्सहरू सिक्किममा सुदृढ़ प्रशिक्षक प्रणाली निर्माण गर्न तथा फुटबलको दीर्घकालीन विकास र दिगोपनाका लागि अत्यन्तै आवश्यक रहेको कुरामा पनि जोड दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande