ईस्टर्न बाइपासमा भाजपाको सड़क जाम, बारम्बार भइरहेको दुर्घटनालाई लिएर विरोध व्यक्त
ईस्टर्न बाइपासमा भाजपाको सड़क जाम, बारम्बार भइरहेको दुर्घटनालाई लिएर विरोध व्यक्त


सिलगढ़ी, 28 दिसम्बर (हि. स.)। सिलगढ़ी ईस्टर्न बाइपासमा लगातार भइरहेको पीड़ादायी दुर्घटनाहरूको विरोधमा आइतवार भारतीय जनता पार्टी (भाजपा)-ले सिलगढ़ीको आसिघर मोड़मा सड़क जाम गरी विरोध प्रदर्शन गऱ्यो। यस प्रदर्शनको कारणले क्षेत्रमा व्यापक जामको स्थिति उत्पन्न भयो।

उल्लेखनीय छ, ईस्टर्न बाइपासको बाणेश्वर मोड़ क्षेत्रमा केही महिनाअघि भएको एक हृदयविदारक सड़क दुर्घटनामा एकजना अबोध स्कूले छात्रको मृत्यु भएको थियो। यो घटना भएको केही दिन नबित्दै आसिघर मोड़ क्षेत्रमा फेरि अर्को भयानक सड़क दुर्घटना भयो जसमा दुईजना युवकहरूको ज्यान गयो। लगातार भइरहेको यसकिसिमको दुर्घटनाहरूलाई लिएर स्थानीय मानिसहरूमा प्रशासनको भूमिकालाई लिएर गहिरो आक्रोश व्याप्त भएको छ।

यस्ता घटनाहरूलाई लिएर आइतवार भाजपा कार्यकर्ता अनि समर्थकहरूले सड़क जाम गरी विरोधमा सामेल भए। पछि सिलगढ़ी मेट्रोपलिटन ट्राफिक विभागलाई एउटा ज्ञापन सुम्पिइयो। भाजपाले स्पष्ट चेताउनी दिेएको छ, यदि भविष्यमा ईस्टर्न बाइपास क्षेत्रमा फेरि कुनै सड़क दुर्घटना भए ठूलो आन्दोलन गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande