
जलपाईगुड़ी, 28 दिसम्बर (हि. स.)। बेलाकोबामा आइतवार एक पीड़ादायी घटना भएको प्रकाशमा आएको छ। श्रमिकको काम गर्न खरसाङ गएका जयदेव राय प्रधान (15)-को काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
जयदेव बेलाकोबा हाई स्कूलका छात्र थिए भने आगामी 2 फरवरीदेखि शुरू हुने माध्यमिक परीक्षा-2026 मा परीक्षा लेख्नेवाला थिए। तर उसको यो इच्छा अधुरै रह्यो।
प्राप्त जानकारी अनुसार खरसाङमा काम गरिरहेको समय एक हाई भोल्टेज बिजुलीको तारको चुँड़िएर जयदेवको शरीरमाथि झऱ्यो जसबाट तिनी गम्भीर रूपमा जले। यस दुर्घटनामा तीनजना मानिसहरू घाइते भएका थिए जसमध्ये जयदेवको मृत्यु भयो।
खरसाङ थानाका आईसी पलाश महन्तले बताए, सम्पूर्ण मामिलाको जाँच गरिँदैछ। गए शनिवार साँझ जयदेवको शवलाई उसको पैतृक घर बेलाकोबाको धुमभिटामा लगियो। छोराको मृत्युबाट किसान पिता राजेन्द्रनाथ राय प्रधान, आमा र बहिनी लगायत सम्पूर्ण परिवार पूर्ण रूपले मर्माहत भएका छन्।
परिवार अनुसार जयदेव पढ़ाईमा औसतभन्दा राम्रो थियो र माध्यमिक परीक्षामा राम्रो परिणाम ल्याउने आशा थियो। तर आर्थिक दुर्बलताको कारणले उ हालैमा केही मानिसहरूसित खरसाङमा काम गर्न गएको थियो जहाँ उसले एकजना ठेकादारको अधिनमा श्रमिकको रूपमा काम गरिरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा