लखिमपुर पुलिसमाथि हमलाकाण्डः दशजना आरोपी पुलिसको कब्जामा
लखिमपुर पुलिसमाथि हमलाकाण्डः दशजना आरोपी पुलिसको कब्जामा


लखिमपुर (असम), 29 दिसम्बर (हि.स.) । लखिमपुर जिल्लाको बंगालमारा क्षेत्रमा पुलिसमाथि हमला भएको मामिलामा आज पुलिसले दशजना उपद्रवीहरूलाई पक्राउ गरेको छ। यो घटना गए शनिवार अबेर राती त्यसबेला भएको थियो जतिबेला पुलिसको एक टीम नक्की सुन व्यापारीलाई हिरासतमा लिन त्यहाँ पुगेको थियो।

पुलिस अनुसार रमजान तीनिआली क्षेत्रमा ठूलो संख्यामा मानिसहरूले पुलिसमाथि हमला गरेर नक्कली सुनका व्यापारी बहारूल उपमान अम्बानीलाई बलजफ्ति मुक्त गराए। हमलाकारीहरूले पुलिस दललाई घेरेर कुटपिट गरे जसबाट स्थिति तनाउपूर्ण भयो।

यस हमलामा बंगालमारा पुलिस चौकीका प्रभारी अधिकारी गोकुल जयश्री गम्भीर रूपमा घाइते भए। यस अतिरिक्त पुलिससित गएका असैन्य वाहनका चालक पनि गम्भीर रूपमा घाइते भए। पुलिसले बतायो, मामिलाको जाँच जारी छ तथा भगौड़ा नक्कली सुन व्यापारी र अन्य आरोपीहरूलाई खोज्नको लागि छापामारी गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande