2 तारिकदेखि निर्णायक आन्दोलनको चेताउनी, खड़गपुरमा गर्जिए शुभेन्दु
2 तारिकदेखि निर्णायक आन्दोलनको चेताउनी, खड़गपुरमा गर्जिए शुभेन्दु


खड़गपुर, 29 दिसम्बर (हि. स.)। खड़गपुरमा सिभिक भोलन्टियर तुलसी राव उपनाम उदयको मृत्युलाई लिएर राज्यको राजनीति गर्मिएको छ। विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले आइतवार साँझ खड़गपुर टाउन थाना सामु व्यापक प्रदर्शन गरे। प्रदर्शन अवधि उनले राज्य सरकार र प्रशासनमाथि तीव्र हमला गरे। उनले यस घटनालाई राज्यको खस्किँदो कानून-व्यवस्थाको जिउँदो उदाहरण बताए।

गए आइतवार साँझ शुभेन्दु अधिकारी सबैभन्दा पहिला मृतक तुलसी रावको घरमा पुगे अनि परिवारसित भेट गरी संवेदना व्यक्त गरे। त्यसपछि उनले एक हुँकार ऱ्यालीको नेतृत्व गर्दै खड़गपुर टाउन थानासम्म मार्च गरे। ऱ्यालीमा सामेल विभिन्न हिन्दू संगठनहरूका कार्यकर्ता एवं भाजपा समर्थकहरूले दोषीहरूलाई पक्राउ गरी कड़ा सजाय दिने मागमा व्यापक नाराबाजी गरे।

थाना सामु प्रदर्शन गर्दै शुभेन्दु अधिकारीले आरोप लगाए, राज्यमा कानून-व्यवस्था पूर्ण रूपले ध्वस्त भइसकेको छ। पुलिससित काम गर्ने सिभिक भोलन्टियरसमेत सुरक्षित छैन भने आम जनताको सुरक्षाको त झन् कल्पना समेत गर्न सकिँदैन। उनले यस मृत्युको लागि मुख्यमन्त्री र पुलिस प्रशासनलाई जिम्मेवार ठहराए।

नेता प्रतिपक्षले दाबी रे, तुलसी रावको हत्या सुनियोजित थियो र यसमा स्थानीय सत्तासिन दलसित जोड़िएका मानिसहरूको भूमिका रहेको छ। उनले 5 नम्बर वार्डका पार्षद फिदा हुसैनमाथि यस मामिलामा संलिप्त रहेको आरोप लगाए। साथै उनले निष्पक्ष जाँच अनि सबै आरोपीहरूलाई शीघ्र पक्राउ गर्ने माग समेत गरे।

शुभेन्दु अधिकारीले चेताउनी दिए, यदि एक तारिकसम्म दोषीहरूलाई पक्राउ गरिएन भने दुई तारिकदेखि योभन्दा ठूलो भीड़ले आन्दोलन गर्नेछ। उनले पीड़ित परिवारलाई हरसम्भव सहायता दिने भरोसा पनि दिलाए। उल्लेखनीय छ, सिभिक भोलन्टियर तुलसी राव गत 15 दिसम्बरको अबेर राती ड्यूटी समाप्त भएप

छि आफ्ना दुईजना साथीहरूसित चिया पिउन गएका थिए। यसै अवधि केही उपद्रवीहरूले युवकसित विवाद हुँदा हमला गरे। गम्भीर रूपमा घाइते तुलसीलाई पहिला खड़गपुर र पछि कटकको एक अस्पतालमा भर्ती गरियो जहाँ उपचारको क्रममा उसको 27 दिसम्बरको दिन मृत्यु भयो।

घटनापछि खड़गपुरमा तनाउ अनि आक्रोश व्याप्त भएको छ। पुलिसले यस मामिलामा दुईजना आरोपीहरूलाई पक्राउ गरेको पुष्टि गरेको छ भने अन्य आरोपीहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande