
सिलगढ़ी, 29 दिसम्बर (हि.स)। सिलगढ़ी स्थित बंगाल सफारी पार्कले नयाँ वर्षमा पर्यटकहरूको लागि नयाँ उपहार लिएर आइरहेको छ। शहरका प्रमुख पर्यटन स्थलहरूमा सामेल बंगाल सफारी पार्कमा हरेक वर्ष केही न केही नयाँ देख्न पाइन्छ। पछिल्लो वर्ष सिंह सहित स्याल, बाँदर एवं अन्य वन्यजीवहरूलाई यहाँ ल्याइएको थियो भने यस वर्ष पनि यो सिलसिला जारी रहनेछ।
सूत्र अनुसार वर्ष 2026- मा बंगाल सफारी पार्कमा पानी हात्ती (हिप्पोपोटेमस), जिराफ समेत केही अन्य नयाँ वन्यजीवलाई ल्याउने योजना छ। पानी हात्ती र जिराफ मात्र नभएर विभिन्न प्रजातिहरूको लागि पार्क पूर्ण रूपले तयार भएको छ। बाघपछि सिंहको सफल प्रजनन भएको कारण वन विभाग पार्कको क्षमतालाई लिएर धेरै आश्वस्त छ। यसै आधारमा विभिन्न वन्यजीवहरूको रीक्विज़िशन (माग)-लाई पहिला उच्च अधिकारीहरू समक्ष पठाइसकिएको छ।
हाल बंगाल सफारी पार्कमा रोयल बंगाल टाइगरको संख्या बढ़ेर 14 पुगेको छ भने सिंहहरूको संख्या 4 छ। बाघ सफारी पहिलाबाटै पर्यटकहरूको लागि खोलिएको छ। तर सिंहलाई हाल डिस्प्लेमा मात्र राखिएको छ। नयाँ वर्षमा बाघहरूलाई पनि खुल्ला सफारी क्षेत्रमा छोड़्ने योजनामाथि विचार गरिंदैछ।
बंगाल सफारी पार्कका निदेशक ई. विजय कुमारले बताए, नयाँ वर्षमा चाँड़ै नै पानी हात्ती सफारी पार्कमा आउनेवाला छ। जिराफ सहित अन्य जनावरहरूलाई पनि ल्याउने योजना छ। यस अतिरिक्त पर्यटकहरूमाझ लोकप्रिय हात्ती सफारीलाई फेरि शुरू गर्नको लागि हामीले तीव्र प्रयास गरिरहेका छौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा