बिहारमा मालगाड़ी दुर्घटना भएपछि हावड़ा-कोलकाताका केही ट्रेनहरूको रिशेड्लूय
बिहारमा मालगाड़ी दुर्घटना भएपछि हावड़ा-कोलकाताका केही ट्रेनहरूको रिशेड्लूय


हावड़ा/कोलकाता, 29 दिसम्बर (हि. स.)। बिहारमा मालगाड़ी ट्र्याकबाट झरेको घटनाको प्रभाव रेल यातायातमा स्पष्ट देखिँदैछ। यो दुर्घटनाको कारणले हावड़ा र कोलकाता स्टेशनबाट प्रस्थान हुने केही ट्रेनहरूलाई पुनर्निर्धारित (रिशेड्यूल) गरिएको छ, केही ट्रेनहरूलाई घुमौरो मार्गबाट चलाइँदैछ भने एउटा लोकल ट्रेनलाई रद्द गरिएको छ।

रेलवे सूत्र अनुसार रिशेड्यूल गरिएका ट्रेनहरूमा 12023 अप हावड़ा–पटना जनशताब्दि एक्सप्रेस आज 29 दिसम्बरको अपरान्ह 2:05 बजेको सट्टा राती 8:00 बजे प्रस्थान गर्नेछ।

13019 अप हावड़ा–काठगोदाम बाघ एक्सप्रेस जुन राती 9:45 बजे प्रस्थान हुनेथियो, अब राती 01 बजे प्रस्थान हुनेछ।

रद्द भएका ट्रेनहरूमध्ये 63157/63158 जसीडी–वैद्यनाथधाम–जसीडी मेमूलाई आजको लागि रद्द गरिएको छ।

घुमौरो मार्गबाट संचालित ट्रेन -13137 कोलकाता–आजमगढ़ एक्सप्रेस आज आसनसोल–प्रधानखुंटा–धनबाद–गया–किऊल मार्ग भएर चल्नेछ। यस अवधि ट्रेन धनबाद र गया स्टेशनमा मात्र रोकिनेछ।

उल्लेखनीय छ, गए शनिवार अबेर राती स्टेशनमा प्रवेश गर्ने क्रमा सिमेन्ट लादिएको मालगाड़ीका केही डब्बाहरू ट्र्याकबाट तल झरेका थिए। यो दुर्घटना हावड़ा–पटना–दिल्ली मुख्य रेल लाइनमा शिमुलतला स्टेशन नजिक भएको थियो। यसै घटनाले गर्दा रेल परिचालन प्रभावित भएको हो भने यात्रीहरूको असुविधालाई मध्यनजर गर्दै समय-सारिणीमा बद्लाउ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande