मुख्यमन्त्री रेखा गुप्ताले गर्नेछन्‘शब्दोत्सव’ को उद्घाटन
मुख्यमन्त्री रेखा गुप्ताले गर्नेछन्‘शब्दोत्सव’ को उद्घाटन


नयाँ दिल्ली, 29 दिसम्बर (हि.स.)। दिल्लीका कला, भाषा एवं संस्कृति मन्त्री कपिल मिश्राले बताए, आगामी 2-देखि 4 जनवरीसम्म यहाँको मेजर ध्यानचन्द स्टेडियममा 'शब्दोत्सव'-को नामले साहित्य, कला औ संस्कृतिको आयोजन गरिँदैछ। मुख्यमन्त्री रेखा गुप्ताले 2 जनवरीमा यस 'शब्दोत्सव'- को उद्घाटन गर्नेछन्। कार्यक्रममा उत्तराखण्डका मुख्मन्त्री पुष्कर सिंह धामी र छत्तीसगढ़का गृहमन्त्री विजय शर्मा पनि उपस्थित रहनेछन्। मिश्राले सोमवार दिल्ली सचिवालयमा आयोजित प्रेस कन्फ्रेन्समा बताए, यो आयोजन दिल्ली सरकार, कला एवं संस्कृति विभाग तथा सुचारू प्रकाशनले मिलेर गरिरहेको छ। यस 'शब्दोत्सव'- मा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवाल, राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय प्रचार प्रमुख सुनिल अम्बेडकर, अखिल भारतीय कार्यकारिणीका सदस्य डा. मनमोहन वैद्य सहित सयजनाभन्दा अधिक वक्ताहरू सामेल हुनेछन्। यस अतिरिक्त 40भन्दा अधिक पुस्तकहरूको विमोचन, सांस्कृतिक प्रस्तुति अनि कविहरूको सभा सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande