
जलपाईगुड़ी, 29 दिसम्बर (हि. स.)। गाँजाको अवैध खेतीविरूद्ध बेलाकोबा फाड़ी पुलिसले अभियान संचालन गऱ्यो। सोमवार राजगञ्ज थाना अन्तर्त बेलाकोबा आउटपोस्टको अधिकार क्षेत्रमा पर्ने डिकापाड़ा क्षेत्रमा यो अभियान बोलाकोबा फाड़ीका ओसी अरिजीत कुण्डुको नेतृत्वमा संचालन गरियो।
पुलिस सूत्र अनुसार अभियान अवधि अवैध रूपमा उब्जाइएको गाँजाका बिरूवाहरूलाई काटेर नष्ट गरियो। पुलिसले बतायो, अवैध गाँजाको खेतीलाई पूर्ण रूपले रोक्ने उद्देश्यले यो अभियान संचालन गरिएको हो। यसको साथै क्षेत्रमा मादक पदार्थ विरोधी अभियानलाई तीव्रता दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा