
अलिपुरद्वार, 29 दिसम्बर (हि.स.)। नयाँ वर्षमा फेरि एकपटक ‘बक्सा बर्ड फेस्टिभल’ शुरू भइरहेको छ। यो उत्सव आगामी 6 जनवरीदेखि शुरू भएर 9 जनवरीसम्म बक्सा टाइगर रिजर्भमा वन विभागको तत्परतामा आयोजना भइरहेको छ। यस प्रकारको आयोजन पहिलो पटक वर्ष 2017-मा शुरू भएको थियो। त्यसपछि लगातार सात वर्षसम्म यो पंक्षी उत्सव सफलतापूर्वक आयोजना हुँदै आएको छ। पछिल्लो वर्ष तयारी शुरू भएको भए पनि अन्तिम समयमा कार्यक्रमलाई रद्द गर्नु परेको थियो। त्यसैले अब आगामी वर्षको शुरूआतमै यो उत्सवले आठौं वर्षमा प्रवेश गरिरहेको छ।
उत्सवको मुख्य आयोजन स्थल बक्सा टाइगर प्रोजेक्टको पूर्वी डिभीजनस्थित जयन्ती रेञ्ज कार्याल नजिक हुनेछ। प्रतिभागीहरूले यहाँ रात्रि विश्राम गर्नेछन् अनि यसैलाई बेस क्याम्प बनाइेछ। यस अतिरिक्त विभिन्न विषयहरूमा शिविर औ चर्चा सत्र पनि आयोजना गरिनेछ।
पछिल्लो वर्ष 2023 सम्म पंक्षी उत्सवको क्याम्पिंग ग्राउण्ड राजाभातखावामा थियो तर वर्ष 2024-देखि जयन्तीमा क्याम्पिंगको व्यवस्था गरिएको छ। यस सम्बन्धमा बक्सा टाइगर रिजर्भका डीएफओ (पूर्व) देबाशिष शर्माले भने, चार दिवसीय बक्सा बर्ड फेस्टिभल 6 जनवरीदेखि शुरू भइरहेको छ।
यस उत्सवको मुख्य उद्देश्य बक्सा क्षेत्रका पंक्षीहरूको विविधतालाई प्रकाशमा ल्याउनु अनि त्यसको विश्लेषण गर्नु हो। अनुमान छ, बक्साको जंगलमा लगभग 4 सय प्रजातिका पंक्षीहरू पाइन्छ। यस वर्ष अधिकभन्दा अधिक पंक्षीहरूलाई रेकर्ड ग र्ने प्रयास गरिनेछ।
हिमालयन नेचर एण्ड एडभेन्चर फाउण्डेशनका संयोजक अनिमेष बोसले भने, बक्सा बर्ड फेस्टिभल देशकै सबैभन्दा लोकप्रिय पंक्षी उत्सवहरूमध्ये एक हो। बक्सामा पंक्षीहरूको स्वर्ग हो। हामी चाहन्छौं, यो उत्सव हरेक वर्ष आयोजना होस्। पछिल्लो दुई वर्षदेखिको सन्दरबनमा पनि यस्तै किसिमको पंक्षी उत्सव आयोजना गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा