
कोलकाता, 29 दिसम्बर (हि.स.)। कोलकाता एवं यस संलग्न क्षेत्रमा जाड़ोको बढ़्दो प्रभावसितै वायु प्रदूषण पनि चिन्ताको कारण बन्दै गइरहेको छ। पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्ड अनुसार गए आइतवार शहरको वायु गुणस्तर सूचकांक (एक्यूआई) 300 लगबग दर्ता गरियो जुन ‘खराब’ श्रेणीमा पर्छ। अलिपुरदेखि सल्टलेकसम्म शहरका केही वायु निगरानी केन्द्रहरूको रिपोर्टमा स्थिति चिन्ताजनक पाइएको छ।
पर्यावरण विशेषज्ञहरू अनुसार जाड़ोमा जमीन नजिकको हावा चिसो भएर भारी हुन्छ जसले गर्दा कारखाना एवं वाहनहरूबाट निक्लेको धुँवा तथा विषालु कण उड़ेर माथि जान सक्दैन, जमीन नजिक नै फरिसरन्छ। यस स्थितिलाई वैज्ञानिक भाषामा ‘इनभर्जन’ भनिन्छ। विशेषज्ञहरूको मान्यता छ, जति-जति जाड़ो बढ़्छ उति-उति प्रदूषणको प्रभाव अझ गम्भीर हुनसक्छ।
पछिल्लो एक सातासम्ममा साल्टलेक क्षेत्रको वायु गुणस्तर नियन्त्रणमै थियो, तर गए आइतवार अचानक यो ‘खराब’ स्तरमा पुग्यो। अर्कोतिर भिक्टोरिया मेमोरियल क्षेत्रमा जहाँ दिसम्बर महिनाको अधिकांश समय नै प्रदूषणको स्तर अधिक रहन्छ, त्यहाँ प्रदूषणमा केही कमी दर्ता गरिएको छ। प्रदूषण नियन्त्रण बोर्ड अनुसार भिक्टोरिया क्षेत्रमा प्रदूषणको मुख्य कारण मेट्रो रेलले गर्दा उड़्ने धूलो थियो। बोर्डद्वारा सेना र मेट्रो रेल प्रशासनलाई सतर्क गराइएपछि स्थितिमा केही सुधार देखिएको छ।
यस अतिरिक्त शहरका अन्य भागहरू क्रमैले फोर्ट विलियम, जादवपुर औ बालीगञ्जमा पनि वायु गुणस्तर अत्यन्त चिन्ताजनक स्थितिमा पुगेको छ। तथापि राहतको कुरा के छ भने दक्षिण कोलकाताको रवीन्द्र सरोवर क्षेत्रमा प्रदूषणको स्तर अपेक्षाकृत कम दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा