
-मुख्यमन्त्रीले अधिकारीहरूलाई दिए निर्देश- संवेदनशीलता औ तत्परताले गरियोसन जन समस्याको समाधान
गोरखपुर, 29 दिसम्बर(हि.स.)l जनताका हितलाई सर्वोच्च प्राथमिकता दिँदै मुख्यमन्त्री योगी आदित्यनाथले कठ्याग्रिने जाड़ोमा पनि सोमवार जनसेवाको अनुष्ठानाई जारी राखे। प्रतिकूल मौसममा पनि उनले गोरखनाथ मन्दिरमा जनता दर्शनको आयोजन गरी मानिसहरूसित भेट गरे। उनीहरूको समस्या सुने। समस्या लिएर आएका मानिसहरूसित सम्वाद गर्दै मुख्यमन्त्रीले भने, ‘नडराउनुहोस्, हरेक समस्याको समाधान गराउनेछौं, सरकारले सबैलाई भरमग्दुर मद्दत गर्नेछ। जनता दर्शनमा मुख्यमन्त्रीले अधिकारीहरूलाई निर्देशित गरे, हरेक पीड़ित व्यक्तिको समस्यामाथि संंवेदनशीलताले ध्यान दिइयोस् तथा तत्परताले उनीहरूको समयबद्ध र पारदर्शी समाधान गरियोस्।
सोमवार बिहान गोरखनाथ मन्दिर परिसरका महन्त दिग्विजयनाथ स्मृति भवन सभागारमा आयोजित जनता दर्शनमा मुख्यमन्त्री योगीले लगभग 150 जना मानिसहरूको समस्या सुने अनि अधिकारीहरूलाई त्यसको समाधान गर्ने निर्देश दिए। कुर्सीमा बसेका मानिसहरूसम्म स्वयं मुख्यमन्त्री पुगे। एक-एकजाको समस्या सुनेर सबै समस्याहरूको समाधान सुनिश्चित गर्ने आश्वासन दिए।
कतिपय मानिसहरूको जमीन कब्जा गरेको सिकायतमा मुख्यमन्त्री कठोर कानूनी कारबाही गर्ने निर्देश दिए। उनले भने, यदि कुनै उपद्रवी, माफियाले कसैको जमीनलाई बलजफ्ती कब्जा गरिरेहको छ भने सम्बन्धित आरोपी विरूद्ध कड़ा कारबाही गरिनेछ। गरीबहरूलाई उजाड्नेहरूलाई कुनै पनि स्तितिमा छोड़िनेछैन।
जनता दर्शनमा केही मानिसहरू उपचारको निम्ति आर्थिक सहयोगको गुहार लिएर आएका थिए। मुख्यमन्त्रीले उनीहरूलाई भने, उपचारमा धनको अभावलाई बाधा बन्न दिइनेछैन। उनले अधिकारीहरूलाई निर्देश दिए, उपचारको निम्ति अस्पतालको इस्टिमेट प्रक्रियालाई चाँड़ै पूर्ण गराएर शासनलाई पठाइयोस्। मुख्यमन्त्री विवेकाधिन कोषबाट उपचारको लागि पर्याप्त राशि दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा