
सिलगढ़ी, 29 दिसम्बर (हि. स.)। नक्सलबाड़ीको कदमा मोड़ क्षेत्रमा गए आइतवार अबेर राती पानीघट्टा-बागडोगरा राज्य सड़कमा भएको एक भयानक सड़क दुर्घटनामा एकजना महिला डाक्टरको मृत्यु भयो। यस घटनामा अन्य चारजना मानिसहरू घाइते भए। मृतक डाक्टरको पहिचान सायंतनी भादुरीको रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार, उत्तर बंगाल मेडिकल कलेजका दुईजना महिला जुनियर डाक्टरहरू सहित चारजना डाक्टरहरू पानीघट्टा तर्फ गइरहेका थिए। यसै अवधि सिलगढ़ी तर्फ फर्किरहेको एउटा चार चक्के वाहनको उनीहरूको कार ठोक्कियो। यस भिड़न्तमा दुवै वाहन पूर्ण रूपले क्षतिग्रस्त भयो। दुर्घटनाको सूचना पाएर नक्सलबाड़ी थानाको पुलिस एवं ट्राफिक गार्ड घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई बाहिर निकालेर अस्पतालमा पठाइदियो।
दुई घाइते डाक्टरहरूलाई पहिला उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ सायंतनी भादुरी नामक जुनियर डाक्टरको मृत्यु भयो। अन्य तीनजना घाइतेहरूलाई नक्सलबाड़ी अस्पतालमा पठाइयो जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। दुुई घाइतेहरूलाई प्राथमिक उपचारपछि छुट्टी दिइयो।
पुलिसले दुवै क्षतिग्रस्त वाहनलाई जफत गरेर मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा