अल्मोड़ामा भीरबाट तल खोंचमा झऱ्यो बस, सातको मृत्यु, 12 घाइते
अल्मोड़ामा भीरबाट तल खोंचमा झऱ्यो बस, सातको मृत्यु, 12 घाइते


अल्मोड़ा, 30 दिसम्बर (हि.स.)। उत्तराखण्ड राज्यको अल्मोड़ा जिल्लामा भिकियासैंणको सिलापानीमा एउटा बस भीरबाट तल खोंचमा झर्दा सात जनाको ज्यान गयो भने 12 जना घाइते भएका छन्। घाइतेहरूलाई भिकियासैंणको सरकारी अस्पतालमा भर्ती गराइएको छ। गम्भीर घाइते दुई जनालाई रामनगर रेफर गरिएको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले पीड़ितहरूलाई हरसम्भव सहयोग गर्ने र आवश्यक परेमा घाइतेहरूलाई ऋषिकेश एम्समा एयरलिफ्ट गर्न निर्देशन दिएका छन्।

एसएसपी देवेन्द्र पिन्चाले भने, एक निजी बस द्वारहाटबाट रामनगर जाँदैथियो। बस नियन्त्रण बाहिर गयो र भिकियासैंणको सिलापानीमा गहिरो खोंचमा खस्यो। जानकारी पाएपछि पुलिस र एसडीआरएफले द्रुत उद्धार कार्य शुरू गऱ्यो र मानिसहरूलाई खोंचबाट बाहिर निकाल्यो। यस दुर्घटनामा सात जनाको मृत्यु भयो, जसमा चार पुरुष र तीन महिला सामेल छन्। पुलिस अनुसार, मर्नेहरूमा जमोली निवासी गोविन्द बल्लभ (80 वर्ष), उनकी पत्नी पार्वती देवी (75 वर्ष), जमोलीका सुबेदार नन्दन सिंह (65 वर्ष), बाली निवासी तारा देवी पत्नी महेश चन्द (50 वर्ष), भीम बहादुर (25 वर्ष), उमेश (25 वर्ष) र घुघुती द्वाराहाट निवासी गोविन्द देवी पत्नी हरि सिंह (58 वर्ष) रहेका छन्।

यिनीहरू बाहेक 10 पुरुष र दुई महिला सहित 12 जना घाइते भएका छन्। घाइतेहरूमा नौगाड़ निवासी सदानन्दका छोरा 50 वर्षीय नन्द बल्लभ; जीआईसी द्वाराहाट निवासी महावीर प्रसादका छोरा 55 वर्षीय राकेश कुमार; नौगाड़ निवासी 40 वर्षीय देवेन्द्र सिंहकी पत्नी नन्दी देवी; सिंगोली निवासी रमेश चन्द्रकी पत्नी 36 वर्षीय हंसी सती; नौघर निवासी 16 वर्षीय मोहित सती; अमोली निवासी 58 वर्षीय बुद्धि बल्लभ भगत; पाली निवासी 62 वर्षीय नरेश चन्द्र; जमोली निवासी 64 वर्षीय भूपेन्द्र सिंह अधिकारी; विनायक निवासी 37 वर्षीय जितेन्द्र रेखाड़ी; दुर्गादत्त तिवारीका छोरा 55 वर्षीय चालक नवीन चन्द्र; महेश चन्द्र पालियालका 17 वर्षीय छोरा हिमांशु पालियाल, चचरोटी निवासी प्रकाश चन्द्र 43 वर्षीय सामेल छन्। यसमा नन्दी देवी र राकेश कुमारलाई रामनगर रेफर गरिएको छ। बसमा कूल 19 जना सवार थिए।

जिल्ला मजिस्ट्रेट अंशुल सिंहले बताए, मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूलाई उत्तम स्वास्थ्य सेवा प्रदान गर्न र गम्भीर घाइतेहरूलाई उच्चस्तरीय अस्पतालमा पुर्यायउन निर्देशन दिएका छन्। उनले मुख्यमन्त्रीको निर्देश अनुसार गम्भीर घाइतेहरूलाई ऋषिकेश एम्समा हेलिकप्टरमा लैजाने व्यवस्था भइरहेको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande