
मुम्बई, 30 दिसम्बर (हि.स.)। मुम्बईको भान्डुप उपनगरीय बस डिपोमा हिजो राति बेस्ट बसले कुल्चिएर चार जनाको मृत्यु भयो जबकि 10 जना गम्भीर रूपमा घाइते भएका छन्। मृतकहरूमा तीन महिला सामेल छन्। यस घटनामा सबै घाइतेहरूलाई उपचारको निम्ति राजावाड़ी र एमटी अस्पतालमा भर्ती गराइएको छ। महाराष्ट्र सरकारले यस घटनामा मृतकहरूका आश्रितहरूलाई 5-5 लाख रूपियाँको आर्थिक मद्दतको घोषणा गरेको छ।
राज्यका मुख्यमन्त्री फडणवीसले यस घटनामा गहिरो शोक व्यक्त गर्दै भने, मुम्बईमा भान्डुप रेलवे स्टेशन नजिकै एक भीषण दुर्घटनामा चार जनाको मृत्यु हुनु अत्यन्तै दुःखद घटना हो। म उनीहरूलाई मनबाट श्रद्धाञ्जलि अर्पित गर्दछु। यस घटनामा जो घाइते भएका छन्, म भगवानसित उनीहरू यथाशीघ्र निको हुने प्रार्थना गर्दछु। राज्य सरकारले मृतकहरूका परिवारहरूलाई 5 लाख रूपियाँको आर्थिक मद्दत दिनेछ।
पुलिस उपायुक्त हेमराज राजपूतले भने, यस दुर्घटनामा अहिलेसम्म कूल चार जनाको मृत्युको पुष्टि भएको छ जबकि 9 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको निम्ति अलग-अलग अस्पतालहरूमा भर्ती गराइएको छ। राजावाड़ी अस्पतालमा एक अज्ञात महिलालाई मृत अवस्थामा ल्याइयो जबकि प्रशान्त लाड (51) को अवस्था गम्भीर बताइएको छ। यस बाहेक एमटी अग्रवाल अस्पतालमा ती जनालाई मृत अवस्थामा ल्याइयो र 9 जना घाइते भएका छन्।
स्थानीय सूत्रहरू अनुसार, सोमवार अबेर राति भान्डुप रेलवे स्टेशन नजिक बस डिपोमा बस चालक सन्तोष रमेश सावन्त बसलाई रिवर्स गरिऱहेका थिए। कन्डक्टर भगवान घारे पनि बसमा थिए। बस चढ्नको लागि धेरै यात्रुहरू लाइनमा पर्खिरहेका थिए। बस रिवर्स भइरहेको बेला सोही समय बस नियन्त्रण बाहिर गयो र लाइनमा खड़ा यात्रुहरूलाई कुल्चियो। घटनाको जानकारी पाएपछि भान्डुप पुलिस तुरुन्तै घटनास्थलमा पुग्यो र घाइतेहरूलाई अस्पताल पुर्याडयो। भान्डुप पुलिस स्टेशनको टोलीले बस चालक र कन्डक्टरलाई हिरासतमा लिएको छ र उनीहरूसँग सोधपुछ गरिरहेको छ। बेस्टका महाप्रबन्धक सोनिया सेठीले अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेकी छैनन्।
मुम्बई कांग्रेस अध्यक्ष तथा लोकसभा सांसद वर्षा गायकवाडले दुर्घटनाको अनुसन्धानको माग गरेकी छन्। उनले भनिन्, यो अत्यन्तै दुःखद हो। त्रुटिपूर्ण बसहरू, अशिक्षित चालकहरू र बेस्टलाई सुधार गर्न लगानी गर्न अनिच्छुक प्रशासनले हरेक दिन धेरैको ज्यान जोखिममा पारिरहेको छ। हामी यस घटनाको गहन अनुसन्धानको माग गर्दछौं।
हिन्दुस्थान समाचार / भवानी थामी