
नयाँ दिल्ली, 30 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको अल्मोड़ा जिल्लामा मंगलवार भएको बस दुर्घटनामा मानिसहरूको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्यालय (पीएमओ) को आधिकारिक एक्स ह्याण्डलबाट जारी सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, उत्तराखण्डको अल्मोड़ा जिल्लामा बस दुर्घटनाको कारण मानिसहरूको ज्यान जानु अत्यन्तै दुःखद हो। आफ्ना प्रयिजनहरूलाई गुमाउने परिवारहरूप्रति मेरो समवेदना छ। घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गर्दछु।
उल्लेख्य, उत्तराखण्डको अल्मोड़ा जिल्लाको भिकियासैंण क्षेत्रमा सिलापानी निकट मंगलवार बिहान एउटा बस गहिरो खोंचमा झर्दा सात जनाको मृत्यु भएको छ जबकि अन्य 12 यात्रु घाइते भए।
हिन्दुस्थान समाचार / भवानी थामी