बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन
खालिदा जिया


ढाका (बंगलादेश), ३० दिसम्बर (हि.स.)। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको मंगलबार बिहान निधन भएको छ। उनी ८० वर्षकी थिइन्। बिहान लगभग ६ बजी उनले अन्तिम सास लिइन्। उनको निधनको पुष्टि बीएनपीको मिडिया सेलले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत गरेको छ।

ढाका ट्रिब्युन पत्रिकाका अनुसार सोमबार राति खालिदा जियाको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेको थियो। उनको उपचारका लागि गठन गरिएको मेडिकल बोर्डका सदस्य तथा बीएनपी स्थायी समितिका सदस्य एजेडएम जाहिद हुसैनले राति पत्रकारहरूसँग कुरा गर्दै उनको अवस्था अत्यन्तै सोचनीय बनेको जानकारी दिएका थिए। राजधानी ढाकास्थित एभरकेयर अस्पतालको मुख्य गेटमा राति लगभग २:१५ बजी उनले पूर्व प्रधानमन्त्री “अत्यन्तै सोचनीय अवस्थामा” रहेको बताएका थिए।

उल्लेखनीय छ, खालिदा जियालाई २३ नोभेम्बरमा उपचारका लागि एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो। यसैबीच, उनका छोरा तारिक रहमान लगभग १७ वर्षपछि हालै लण्डनबाट बंगलादेश फर्किएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande