
इम्फाल, 31 दिसम्बर (हि.स.)। मणिपुर पुलिस, वन विभाग, सीआरपीएफ तथा कार्यपालक मेजिस्ट्रेटको संयुक्त टीमले चुराचाँदपुर जिल्लाको हेंगलेप उप-मण्डल अन्तर्गत थांगजिंग पहाड़ी श्रृङ्खलाको मोंगकेन क्षेत्रमा 40 एकड़मा रोपिएको अवैध अफिमको खेतीलाई मंगलवार नष्ट गरिदियो।
पुलिस प्रवक्ताले आज बताए, यो कारबाही राज्यमा अवैध अफिमको खेतीविरूद्ध संचालित अभियान अन्तर्गत गरिएको हो। दुर्गम पहाड़ी क्षेत्रमा फैलिएको अफिमको फसललाई टीमले पूर्ण रूपले उखालेर नष्ट गरिदियो।
अधिकारी अनुसार घटनास्थलबाट अफिमको डोडा पनि जफत गरिएको छ। कार्यपालक मेजिस्ट्रेटको उपस्थितिमा विधिसम्मत प्रक्रियाको पालन गर्दै यो अभियान सम्पन्न गरियो।
प्रशासनले स्पष्ट पाऱ्यो, अवैध नशालु फसलको खेतीमाथि रोक लगाउनको लागि यस्तो अभियानलाई आगामी दिनमा पनि जारी राखिनेछ साथै यसमा संलिप्त मानिसहरूविरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ। तथापि यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा