बाँकुड़ाः बागडोबा गाउँमा बुनियादी सुविधाको अभाव, विधायकले लिए संज्ञान
बाँकुड़ाः बागडोबा गाउँमा बुनियादी सुविधाको अभाव, विधायकले लिए संज्ञान


बाँकुड़ा, 31 दिसम्बर (हि. स.)। ग्रामीण क्षेत्रका बुनियादी समस्याहरूलाई लिएर विधायक तन्मय घोषले बुधवार मध्यान्ह 12 बजी बागडोबा गाउँको दौड़ाह गरे। यस भ्रमणावदि गाउँका केही परिवारहरूले आफ्नो घरको शौचालयको गम्भीर समस्याबारे विधायकलाई अवगत गराए।

ग्रामीणहरूले बताए, शौचालय नभएको कारण उनीहरूलाई दैनन्दिन जीवनमा विविध समस्याको सामना गर्न परिरहेकोछ। विधायकले स्थितिको जायजा लिएपछि तत्कालै कारबाही गर्दै सम्बन्धित बीडीओलाई एक लिखित ज्ञापन सुम्पिए। विधायकले बीडीओसित आग्रह गरे, बागडोबा गाउँमा शौचालयको अभावसित जुझिरहेका घरहरूमा शीघ्र शौचालय निर्माणको प्रक्रिया शुरू गरियोस्।

बीडीओले ज्ञापन प्राप्त गरेपछि भरोसा दिलाए, आवेदनमाथि चाँड़ै विचार गरिनेछ अनि आवश्यक प्रक्रिया पूरा गरी शौचालय निर्माणलाई स्वीकृति दिइनेछ।

विधायकले भने, बागडोबा गाउँको कुनै पनि परिवारलाई बुनियादी सुविधादेखि वञ्चित रहन दिइनेछैन। अहिलेसम्म पनि शौचालय निर्माण नगरिएका घरहरूमा सरकारी योजना अन्तर्गत शौचालय निर्माण गरिनेछ। प्रशासनलाई स्पष्ट निर्देश दिइएको छ, आवेदनमाथि तुरून्त कारबाही गरियोस् ताकि ग्रामीणहरूले स्वच्छ र सम्मानजनक जीवन जीउन पाउन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande