
सिरसा, 31 दिसम्बर (हि.स.)। स्थानीय पुलिसले लाखौं रूपियाँ बराबरको हेरोइन सहित कारमा सवार तीन लागूऔषध तस्करलाई पक्राउ गरेको छ। पुलिस अनुसार, पक्रा परेका लागूऔषध तस्करहरूमा किशोरी लालका छोरा मदनलाल, हिसार निवासी सुरेन्द्रका छोरा सन्दीप र हिसार जिल्लाको मण्डी आदमपुर निवासी कपिल देवका छोरा प्रदीप सामेल छन्। सिरसा सीआईए प्रभारी राजेन्द्र कुमारले सिरसाको बेगु रोड क्षेत्रमा पुलिस टोली गस्तीमा रहेको बताए।
जगदम्बा पेपर मिलको अगाड़ी एउटा कार आउँदै गरेको देखेपछि चालकले कार घुमाएर भाग्ने प्रयास गऱ्यो। शंका लागेर पुलिसले कार रोकेर खोजी गर्दा लगभग 42 ग्राम हेरोइन जफत भयो। तीन जना अभियुक्तहरू विरुद्ध सिरसा शहर थानामा लागूऔषध अधिनियम अन्तर्गत मुद्दा दर्ता गरिएको छ र अनुसन्धान शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी