जंगली हात्तीको हमलामा वनकर्मी सहित दुई जनाको मृत्यु
जंगली हात्तीको हमलामा वनकर्मी सहित दुई जनाको मृत्यु


तामुलपुर (असम) 31 दिसम्बर (हि.स.)। तामुलपुर जिल्लाको खैरानी क्षेत्रमा जंगली हात्तीद्वारा गरिएको हमलामा दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। पुलिसले बुधवार बतायो, भोजनको खोजीमा खैरानीको आवासीय क्षेत्रमा पसेको जंगली हात्तीले गरेको हमलामा दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो।

मृतकहरूको पहिचान वन कर्मी सञ्जु इस्लारी र एक जना ग्रामीण तपन तिमसीनाईको रूपमा भएको छ। घटना बारे जानकारी पाउनसाथ कुमारीकाटा पुलिस अनि वन विभागको एक टीम घटनास्थलमा पुग्यो। पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।

अर्कोतिर यस घटनालाई लिएर स्थानीय मानिसहरूले वन विभागमाथि आक्रोश व्यक्त गर्दै भने, वन विभागले लापरवाही गरेको कारण नै यो दुर्घटना भएको हो। यदि समयमै वन विभागको टीमले जंगली हात्तीलाई जंगलतर्फ लखेटेको भए यो दुर्घटना हुनेथिएन। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande