
पूर्व मेदिनीपुर, 31 दिसम्बर (हि. स.)। जिल्लाको एगरामा गए मंगलवार साँझ भएको भीषण सड़क दुर्घटनामा बालीघाईको प्रसिद्ध मधु चनाचुर एवं बाबू बजारका मालिक मधुसूदन माइतीको घटनास्थलमै मृत्यु भयो भने अर्को एकजना बाइक सवार गम्भीर रूपमा घाइते भए। मृतकको पहिचान बालीघाई निवासी मधुसूदन माइती (35)- को रूपमा भएको छ जो क्षेत्रमा मधु चनाचुर तथा बाबू बजारका मालिकको रूपमा परिचित थिए। दुर्घटनामा घाइते दोस्रो युवकको नाम शिवशंकर खाटुआ रहेको बताइएको छ। दुर्घटनाको कारणले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।
प्राप्त जानकारी अनुसार यो दुर्घटना एगरा-दुई ब्लकको विवेकानन्द ग्राम पञ्चायत अन्तर्गत पाकरघाट बस स्ट्याण्ड निकट कान्थी-बेलदा सड़कमा भएको हो। द्रूत गतिको बाइक विपरीत दिशाबाट आइरहेको लरीसित ठोक्कियो। ठक्कर भयानक थियो जसमा दुईजना बाइक सवारमध्ये एक जनाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा घाइते दोस्रो युवकलाई एगरा सुपर स्पेशलिटी अस्पतालमा लगियो जहाँबाट तिनलाई कोलकाता रेफर गरियो।
घटनाको सूचना पाएर एगरा थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा