तीन चोर एवं ड्रग्स तस्करीमा लिप्त महिला पक्राउ
तीन चोर एवं ड्रग्स तस्करीमा लिप्त महिला पक्राउ


गुवाहाटी, 31 दिसम्बर (हि.स.)। गुवाहाटीको पान बजार पुलिसले चोरी मामिलामा सामेल तीन जना चोरहरूलाई पक्राउ गरेको छ भने अर्कोतिर दिसपुर पुलिसले एक जना महिला ड्रग्स तस्करलाई ड्रग्ससितै पक्राउ गरेको छ।

पुलिसले बुधवार बतायो, गुप्त सूचनाको आधारमा संचालित अभियानमा पान बजार थाना क्षेत्रबाट मोबाइल चोरीको मामिलामा सामेल तीनजना चोरहरूलाई पक्राउ गरिएको छ। यी चोरहरूको पहिचान विकी साह (19), सलिम अली (28) औ प्रकाश कुमार झा (30)-को रूपमा गरिएको छ। पक्राउ तीनै आरोपीहरूबाट पुलिसले चोरीका तीन वटा मोबाइल फोन जफत गरेको छ।

यता दिसपुर पुलिसद्वारा संचालित ड्रग्स विरोधी अभियानमा एक जना महिला ड्रग्स तस्करलाई पक्राउ गरिएको छ। उक्त महिला ड्रग्स तस्करको पहिचान सुल्ताना परविनको रूपमा गरिएको छ। महिलाबाट पुलिसले 11,20 ग्राम हेरोइन जफत गरेको छ। दुवै मामिलामा पुलिसले भिन्न प्राथमिकी दर्ता गरी सबै आरोपीहरूसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande