
-श्यामपुरमा पाँच वटा दोकान स्वाहा
हावड़ा, 31 दिसम्बर (हि. स.)। हावड़ा जिल्लामा केही घण्टाको अन्तरालमै दुई अलग-अलग स्थानहरूमा भयानक आगलागीको घटना भएको प्रकाशमा आएको छ। यी घटनाहरूमा कुनै प्रकारको मानवीय क्षति भएको समाचार छैन। तर लाखौं रुपियाँको नोक्सान भएको आशंका व्यक्त गरिँदैछ।
पहिलो घटना गए मंगलवार राती लगभग 10 बजी बाउड़ियाको नर्थ मिल क्षेत्रस्थित एक जुट गोदाममा भएको हो। मिलका कर्मचारीहरूले गोदामभित्र आगो बलिरहेको देखेपछि तुरून्त अधिकारीहरूलाई सूचना दिए। शुरूमा मिलमा रहेको अग्निशमन उपकरणहरूले आगोलाई निभाउने प्रयास गरियो, तर आगो तीव्र गतिमा फैलिएकोले नियन्त्रण गर्न असम्भव भयो। हेर्दा-हेर्दै सम्पूर्ण गोदाम आगाको चपेटमा पऱ्यो।
सूचना पाएर उलुबेड़ियाबाट दमकलको एउटा वाहन घटनास्थलमा पुग्यो, तर आगोलाई नियन्त्रण गर्न सकिएन। त्यसपछि आलमपुर र हावड़ाबाट थप दुई वटा दमकल वाहनलाई पुऱ्याइयो। अबेर रातीसम्म आगोलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिएको थिएन। दमकल कर्मीहरू अनुसार जुट भएको कारणले आगोलाई निभाउनमा धेरै गाह्रो भयो।
अर्को घटना गत सोमवार राति लगभग 2 बजी श्यामपुरको बेलपुकुर कलभर्ट नजिक भएको हो। सड़क किनारमा अवस्थित एउटा दोकानमा अचानक आगो लाग्यो जुन हेर्दा-हेर्दै वरपरका दोकानहरूसम्म फैलियो। यस घटनामा पाँच वटा दोकानहरू जलेर खरानी भयो।
स्थानीय मानिसहरू अनुसार सबैभन्दा पहिला एउटा दोकानमा आगो लागेको थियो, हेर्दा-हेर्दै आगो वरपरका दोकानहरूसम्म फैलियो। उलुबेड़ियाबाट दमकलका दुई वटा वाहनहरू घटनास्थलमा पुगे अनि लगभग एक घण्टा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। आगलागीमा दुई वटा फलको दोकान, एउटा चियाको दोकान, एउटा स्टेशनरी दोकान र एउटा किराना दोकानलाई ठूलो क्षति पुगेको छ। मंगलवार बिहान डिहिमण्डलघाट एक नम्बर ग्राम पञ्चायतका उपप्रधान सुदीप कुमार बेराले पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिए।
दमकल विभागको प्राथमिक अनुमानमा बिजुलीको खराबीको कारणले आगो लागेको हुनसक्छ। पुलिस अनि दमकल विभाग दुवैले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा