उज्जैनः सालको अन्तिम दिन भगवान महाकालको भयो दिव्य श्रृङ्गार, आजदेखि दुई दिनसम्म बद्लिरहनेछ महाकालेश्वर मन्दिर क्षेत्रको व्यवस्था
उज्जैनः सालको अन्तिम दिन भगवान महाकालको भयो दिव्य श्रृङ्गार, आजदेखि दुई दिनसम्म बद्लिरहनेछ महाकालेश्वर मन्दिर क्षेत्रको व्यवस्था


उज्जैन, 31 दिसम्बर (हि.स.)। अंग्रेजी नववर्षको परिप्रेक्ष्यमा सालकोअन्तिम दिन महाकालेश्वर मन्दिरमा पौष महिनाको शुक्ल पक्षको द्वादशी तिथि बुधवार प्रातकाल 4 बजी मन्दिरको कपाट खोलियो। भस्म आरती विशेष श्रृङ्गारको साथमा सम्पन्न गरियो। यस अवसरमा भगवान महाकालको दिव्य श्रृङ्गार गरियो।

मन्दिरकोपट खोलिएपछि पुजारीहरूले गर्भगृहमा स्थापित सबै देवी-देवताहरूको पूजन गरी भगवान महाकालको जलाभिषेक गरे। त्यसपछि दुध, दही, घिउ, मह, फलहरूको रसले बनिएको पञ्चामृतले अभिशेक पूजन गरियो। बाबा महाकालको मस्तसकमा चन्द्र अर्पित गरी दिव्य श्रृङ्गार गरियो। भोर बिहान भस्म आरतीमा सयकड़ौं श्रद्धालुहरूले दर्शन गरी पुण्य लाभ कमाए। मानिसहरूले नन्दी महाराजको दर्शन गरी उनको कान नजिक पुगेर आफ्ना मनोकामनाहरू पूर्ण हुनने आशीर्वाद मागे। यस अवधि श्रद्धालुहरूले बाबा महाकालको जयकार पनि लगाइरहेका थिए। सम्पूर्ण मन्दिर परिसर बाबाका जयकारहरूले गुञ्जयमान भइरहेको थियो।

यता शहरमाआज 31 दिसम्बर( बुधवार)र 1 जनवरीमा मध्य प्रदेशकोउज्जैन स्थित महाकालेश्वर मन्दिरमा दर्शन हेतु आउने श्रद्धालहरूको अत्यधिक भीड़लाई मध्यनजर गर्दै यातायात थाना पुलिसद्वारा शहरमा यातायात व्यवस्थालाई सुचारू राख्न, जामको स्थितिदेखि बच्न तथा श्रद्धालुहरूको सुरक्षाको निम्ति विशेष यातायात व्यवस्था, वाहन पार्किंग तथा मार्ग परिवर्तन व्यवस्था लागू गरिएको छ।

एसपी प्रदीप शर्मा एवं यातायात डीएसपी दिलीपसिंह परिहारले बताए, बुधवार अनि बिहीवार दर्शन गर्न आउने सबै श्रद्धालुहरूले निर्धारित पार्किंग स्थलहरूमा आ-आफ्नो वाहनलाई पार्क गरेर पैदल मार्ग शक्ति पथको माध्यमबाट इन्टरप्रिटेशन सेन्टर हुँदै महाकालेश्वरको दर्शन गर्न सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande