
मेदिनीपुर, 31 दिसम्बर (हि.स.)। वर्ष 2025-कोअन्तिम दिन पश्चिम मेदिनीपुर जिल्लाका बासिन्दाहरूको लागि यो सीजनको सबैभन्दा चिसो दिन साबित भयो। बुधवार बिहान जिल्लाका केही भागहरूमा कठ्याग्रिने जाड़ोसितै घना कुहिरोको प्रकोप देखियो। जंगलमहल सहित सम्पूर्ण जिल्ला वर्तमानमा शीतलहरको चपेटमा परेको छ।
विद्यासागर विश्वविद्यालयको मौसम विभागबाट प्राप्त आँकड़ा अनुसार बुधवार बिहान 6:35 बजी न्यूनतम तापमान 8.45 डिग्री सेल्सियस रेकर्ड गरियो। यस चालू शीतकालीन सत्रको अहिलेसम्मकै सबैभन्दा कम तापमान हो। पछिल्लो केही दिनदेखिको मेदिनीपुर शहर एवं वरपरका क्षेत्रहरूको तापमान 9-10 डिग्रीबीच थियो। तर वर्षको अन्तिम दिन यसमा अझ ह्रास दर्ता गरियो।
मौसम विशेषज्ञहरूको अनुमानमा जिल्लाको जंगलमहल क्षेत्रको तापमान शहरको तुलनामा अझ् कम हुनसक्छ। घना कुहिरोको कारणले बिहान दृश्यता (भिजिबिलीटी) धेरै कम रह्यो जसबाट जनजीवन तथा यातायात पनि प्रभावित भएको छ।
मौसम विभाग अनुसार आगामी केही दिनसम्म जंगलमहल सहित सम्पूर्ण जिल्लामा यस्तै चिसो अनि कुहिरोको स्थिति यथावत रहने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा