
नयाँ दिल्ली, 31 दिसम्बर (हि.स.)। उत्तर-पूर्वी जिल्लाको शास्त्री पार्क क्षेत्रमा गए मंगलवार राति एक जना युवकको चक्कु रोपी हत्या गरियो। मामिलाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि नजिकैको अस्पतालको शवगृहमा सुरक्षित रखायो। जाँचमा मृतकको पहिचान शास्त्री पार्क निवासी वसिम (33)- को रूपमा भएको छ। शास्त्री पार्क थाना पुलिसले हत्याको मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, गए मंगलवार अबेर राति पुलिसलाई अस्पतालबाट सूचना प्राप्त भयो, चक्कु रोपेर घाइते भएका एक जना व्यक्तिलाई अस्पतालमा ल्याइएको थियो जसलाई जाँचमा मृत पाइएको छ। सूचना पाए लगत्तै पुलिस टीम अस्पतालमा पुग्यो जहाँ मृतकको पहिचान वसिमको रूपमा भयो। प्रारम्भिक जाँचमा वसिममाथि डीडीए पार्कको पछाड़ि लुप नजिक चक्कुले हमला गरिएको थियो। घटनाको सम्बन्धमा थाना शास्त्री पार्कमा सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। फोरेन्सिक टीमले घटनास्थलमा पुगेर प्रमाण संग्रह गरेको छ। पुलिसले आरोपीहरूलाई चिन्हित गरी पक्राउ गर्नको लागि केही टीमहरू गठन गरेको छ। पुलिस अधिकारी अनुसार मामिलाको गहन जाँच गरिँदैछ र चाँड़ै आरोपीहरूलाई समातिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा