गाउँमा हात्ती पसेर भागाभाग, केही घर क्षतिग्रस्त
गाउँमा हात्ती पसेर भागाभाग, केही घर क्षतिग्रस्त


बाँकुड़ा, 31 दिसम्बर (हि.स.)। बाँकादह क्षेत्रको छोटे बाँकादह गाउँ स्थित चरणपाड़ामा बुधवार सबेरै लगभग 3 बजी गाउँमा जंगली हात्ती पसेर भागाभाग तथा भयपूर्ण माहोल सृजना भयो।

स्थानीय मानिसहरूले बताए, हात्तीहरूले गाउँभित्र पसेर तरूण सिंघको घरको एडभेस्टर भत्काइदिए, देवाशिष घोषको घरको भित्ता र ग्रिललाई नष्ट गरिदिए भने निखिल चरणको घरको भित्ता पनि भत्काइदिए।

घटनाको सूचना पाउनसाथ स्थानीय पुलिस अनि वन विभागको टीमले तुरून्तै घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। तथापि सम्पत्तिलाई भएको नोक्सानको मात्रा ठूलो छ जसबाट प्रभावित परिवारहरूलाई आर्थिक हानि भएको छ।

स्थानीय प्रशासनले ग्रामीणहरूलाई सतर्क रहने चेताउनी दिएको छ विशेष गरी राती जंगल नजिकका क्षेत्रहरूमा, ताकि भविष्यमा यस्ता घटनाहरूदेखि बच्न सकोस्।

ग्रामीणहरूले बताए, हात्तीहरू गाउँभरि नै घुमिरहे साथै केही रूख-बिरूवाहरूलाई पनि नोक्सान पुऱ्याए। अन्ततः सूर्य उदय हुनअघि हात्तीहरू जंगलतर्फ भागे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande