भाजपा सिक्किम महिला मोर्चाद्वारा महिला तथा बालबालिकामाथि भइरहेका अमानवीय घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त
Srijana chettri


गान्तोक, 31 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशले राज्यका विभिन्न स्थानहरूमा घटित कथित महिला तथा बालबालिकामाथि भएका अमानवीय, निन्दनीय र अत्यन्तै दुःखद घटनाहरूप्रति गहिरो चिन्ता र आक्रोश व्यक्त गरेको छ। यस्ता जघन्य अपराधहरूले न केवल पीडित र उनीहरूको परिवारलाई गहिरो मानसिक पीडा दिएको छ, तर सम्पूर्ण समाजको नैतिक मूल्य, सामाजिक सुरक्षा र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको भाजपा सिक्किमले बताएको छ ।

भाजपा सिक्किमकी महिला मोर्चा अध्यक्ष सिर्जाना छेत्रीले आज जारी एक प्रेस विज्ञप्तिमा उक्त विषय उठाएकी छन्। उनले भनिन्, हालैमा मार्चकमा एक युवतीको हत्या भएको घटनाको घोर निन्दा गर्दाछु।हतियारालाई कडा कारबाही हुनुपर्छ भन्ने माग राख्दाछु। महिला तथा बालबालिकामाथि हुने घरेलु हिंसा, यौन दुर्व्यवहार, शोषण तथा अन्य प्रकारका अपराधहरू कुनै पनि सभ्य समाजका लागि लज्जास्पद हुन्। यस्ता घटनाहरू बढ्दै जानु राज्यमा कानूनको प्रभावकारिता, सामाजिक उत्तरदायित्व तथा सुरक्षा व्यवस्थाप्रति गम्भीर चिन्ताको विषय हो।

भाजपा सिक्किम प्रदेशले राज्य सरकार तथा सम्बन्धित सबै निकायहरूलाई यस्ता घटनामा संलग्न अपराधीहरूलाई तुरुन्त पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न, छानबिन प्रक्रियालाई पारदर्शी र समयबद्ध बनाउन तथा पीडितलाई शीघ्र न्याय र संरक्षण सुनिश्चित गर्न जोडदार माग गरेको छ। साथै, महिला तथा बालबालिकाको सुरक्षाका लागि विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन, प्रहरी संयन्त्रको सुदृढीकरण, द्रुत प्रतिक्रिया प्रणालीको विकास तथा संवेदनशील क्षेत्रमा निगरानी बढाउन सरकार गम्भीर हुनुपर्ने आवश्यकता उनले औंल्याएकी छन्।

उनले समाजका सबै वर्ग—सामाजिक संस्था, शिक्षण संस्था, अभिभावक, नागरिक समाज तथा सञ्चार माध्यमहरूलाई महिलामाथि हुने हिंसा र बाल अधिकारको संरक्षणबारे जनचेतना फैलाउन तथा यस्ता घटनाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान पनि गरेकी छन्। उनले महिला र बालबालिकाको सम्मान, सुरक्षा र गरिमा सुनिश्चित गर्नु केवल सरकारको मात्र होइन, सम्पूर्ण समाजको साझा दायित्व हो भनेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande