छत्तीसगढ़को बिजापुरमा नक्सलीहरूले ठेकेदारको हत्या गरे
छत्तीसगढ़को बिजापुरमा नक्सलीहरूले ठेकेदारको हत्या गरे


बिजापुर, ०८ दिसम्बर (हि.स.)। छत्तीसगढ़को बिजापुर जिल्लामा नक्सलीहरूले ठेकेदार इम्तियाजको हत्या गरेका छन्। उनी पामेड़ थाना क्षेत्रको ग्राम मेटागुड़ममा प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत सड़क निर्माण कार्यमा संलग्न थिए।

नक्सलीहरूले ठेकेदार इम्तियाज अली र उनका सहयोगीलाई आइतबार साँझ लगभग‌ 5 बजी अपहरण गरी लिएर गएका थिए। ठेकेदारका एक सहयोगी नक्सलीहरूको कब्जाबाट भागेर इरापल्लीको मेटागुड़म सुरक्षा क्याम्प पुग्न सफल बने र जवानहरूलाई सम्पूर्ण घटनाक्रमबारे जानकारी गराए। सूचना पाएपछि सुरक्षाबलका टोलीहरूलाई घटनास्थलतर्फ पठाइयो, तर ठेकेदार इम्तियाज अलीलाई नक्सलीहरूको कब्जाबाट बचाउन सकिएन। नक्सलीहरूले उनको हत्या गरी शवलाई फालिदिए। पामेड़ एरिया कमिटीले यसको जिम्मेवारी लिँदै शवको नजिकै पर्चा पनि फालेको‌ थियो। बिजापुर एसपी जितेन्द्र कुमार यादवले अपहरणपछि हत्या भएको पुष्टि गरेका छन्।

एसपी यादवका अनुसार, “ठेकेदारको सहकर्मीले क्याम्पमा पुगेर अपहरणको जानकारी दिएपछि हाम्रो टोली तत्काल सक्रिय भयो। छेउछाउका क्षेत्रमा खोजी अभियान जारी छ र नक्सली गतिविधिहरूलाई नजिकबाट निगरानी गरिँदैछ। सुरक्षा बलहरूले सम्पूर्ण क्षेत्रमा पेट्रोलिङलाई कडा बनाएका छन्।” पुलिसका अनुसार, ठेकेदारलाई अपहरण गर्नुका पछाडि नक्सलीहरूको उद्देश्य विकास कार्य र सुरक्षा बलको आवागमनमा बाधा पुर्‍याउनु हो। नक्सल प्रभावित क्षेत्रमा यस्ता घटनाहरू रोक्नका लागि पुलिस र सुरक्षा बलले लगातार रणनीतिक कदम चालिरहेका छन्।

स्थानीय बासिन्दाहरू तथा निर्माण कर्मचारीहरूको भनाइ अनुसार, ठेकेदार इम्तियाज अली सधैं परियोजनाका कामलाई समयमै पूरा गराउन तथा श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न अग्रसर रहन्थे। यस घटनाले बिजापुर जिल्लामा सुरक्षा र विकासका कामहरूमा नक्सली जोखिम फेरि उजागर

गरेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande