निर्वाचन आयोगले पश्चिम बंगालमा पाँच डिवीजनमा तैनाथ गऱ्यो नयाँ स्पेशल रोल अब्जर्वर
निर्वाचन आयोगले पश्चिम बंगालमा पाँच डिवीजनमा तैनाथ गऱ्यो नयाँ स्पेशल रोल अब्जर्वर


कोलकाता, 08 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा स्पेशल रोल अब्जर्वरको पहिले गरिएको नियुक्तिपछि, भारतीय निर्वाचन आयोग (ईसीआई) ले अब थप पाँच नयाँ स्पेशल रोल अब्जर्वरको नियुक्त गरेर अर्को महत्त्वपूर्ण कदम चालेको छ।

ईसीआईले पाँच डिवीजन- प्रेसिडेन्सी डिभिजन, मेदिनीपुर, बर्दवान, मालदा र जलपाइगढ़ीको निम्ति अधिकारीहरू तैनाथ गरेको छ ताकि एसआईआरसित जोड़िएका सबै प्रक्रियाहरूमाथि अझ् अधिक कड़ा निगरानी राख्न सकियोस्। यस नियुक्तिको उद्देश्य एसआईआर फारमको वितरण, सङ्कलन, डिजिटलाइजेशन र ड्राफ्ट भोटर लिस्ट जारी हुन अगाड़ी हुने हरेक काममा कुनै प्रकारको पनि त्रुटिहरू नहोस्।

आयोगको सूत्रहरू अनुसार, यस पाली प्रक्रियामा कुनै पनि स्तरमा कुनै त्रुटिहरू नरहोस्, यसको निम्ति निगरानीलाई अझ् कड़ा बनाइएको छ।

यी अधिकारीहरूलाई दिइएको छ जिम्मा

1. प्रेसिडेन्सी डिवीजन (कोलकाता, हावड़ा, उत्तर चौबीस परगना, दक्षिण चौबीस परगना, नदिया) : रविकान्त सिंह

2. मेदिनीपुर डिवीजन (पश्चिम र पूर्व मेदिनीपुर, झाड़ग्राम, बांकुड़ा, पुरुलिया) : नीरज कुमार बनसोर

3. बर्दवान डिवीजन (बीरभूम, पश्चिम र पूर्व बर्दवान, हुगली) : कृष्ण कुमार निराला

4. मालदा डिवीजन (मालदा, मुर्शिदाबाद, उत्तर र दक्षिण दिनाजपुर) : आलोक तिवारी

5. जलपाइगढ़ी डिवीजन (दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी, अलीपुरदुआर) : पंकज यादव

यस अगाड़ी पश्चिम बंगालमा एसआईआरको पूरा प्रक्रियाको जाँचको जिम्मा आईएएस (सेवानिवृत्त) सुब्रत गुप्तालाई सुम्पिएको थियो। उनले राज्यका विभिन्न क्षेत्रहरूको दौड़ाह गरी एसआईआरको कामकाजको समीक्षा गरेका थिए। अब आयोगले डिवीजन-वार स्पेशल रोल अब्जर्वर तैनाथ गरेर निगरानीलाई अझ् कड़ा गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande