
नयाँ दिल्ली, ०८ दिसम्बर (हि.स.)। केन्द्रिय कपड़ा मन्त्री गिरिराज सिंहले सोमबार भने, हाम्रो वास्तविक सामर्थ्य हाम्रा गाउँको माटोमा निहित छ, जसलाई कारीगरहरूको सीप र पुरातन कलाको धरोहरले जोगाएर राखेको छ।
गिरिराज सिंहले यो कुरा आजदेखि शुरु भएको राष्ट्रिय हस्तशिल्प सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा बताएका हुन्। यस विशेष सप्ताहको मुख्य उद्देश्य अर्थतन्त्रलाई सुदृढ़ बनाउनु, कलाको संरक्षण गर्नु, महिला शक्तिको सम्मान गर्नु, भारतको समृद्ध हस्तकला विरासतलाई सम्मान र प्रवर्द्धन गर्नु हो।
उनले एक्स पोस्टमा लेखे, “यो सप्ताह भारतीय कारीगरहरूको अद्वितीय कौशल, शताब्दीयौँ पुराना परम्पराहरू र देशको सांस्कृतिक पहिचानको उत्सव हो। सबै नागरिकहरुले यो सप्ताहलाई ‘ह्यान्डमेड भारत’ का रूपमा मनाउनुस् र कारीगरहरूले बनाएका उत्पादनहरूलाई आफ्नो जीवनशैली, घर सजावट तथा आगामी पर्व–उत्सवहरूमा प्राथमिकता दिनुस्।”
मन्त्रीले भने, “हाम्रा कारीगरहरू, विशेष गरी महिला कारीगर तथा ग्रामीण क्षेत्रमा लुकेको सृजनात्मकता सदियौँदेखि भारतको कला र संस्कृतिलाई जीवित राखिरहेको छ। हस्तशिल्प केवल वस्तुहरू होइनन्, यी हजारौँ वर्षको कला, कठिन परिश्रम र अटूट विश्वासको कथा हुन्।”
उनले देशवासीहरूलाई आग्रह गर्दै भने, “केवल दर्शक न बन्नुस्, सक्रिय सहभागी बन्नुस्। सबै मिलेर राष्ट्रिय हस्तशिल्प सप्ताहलाई सफल बनाऔं। कारीगरहरूबाट समान खरीद गरौं, उनीहरूको मेहनत र कलाको कदर गरौं, र मिलेर यो अद्भुत भारतीय धरोहरलाई नयाँ उचाइमा पुर्याऔं।”
उल्लेखनीय छ, यो पहलले केन्द्र सरकारको ‘लोकल फर वोकल’ अभियानलाई पनि मजबूती प्रदान गर्छ। हस्तशिल्प उद्योग भारतीय अर्थतन्त्रको मेरुदण्ड मानिन्छ, जसले लाखौँ मानिसहरूलाई, विशेष गरी ग्रामीण तथा सीमान्तकृत समुदायहरूलाई—आजीविका उपलब्ध गराइरहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी