
पटना, ०८ दिसम्बर (हि.स.)।
इन्डिगो संकट अझै पनि जारी छ। पटनास्थित जयप्रकाश नारायण अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार पाँच उडान रद्द गरिएका छन्। आइतबार लगातार छैटौँ दिन विमान रद्द भएपछि यात्रीहरूले ठूलो समस्याको सामना गर्नु परेको छ। धेरै यात्रीहरू अन्तर्वार्ता वा अन्य महत्वपूर्ण कार्यक्रममा सहभागी हुन सकेनन् भने कतिपय दिनभर विमानस्थलमै चक्कर लगाइरहे।
आइतबार चेन्नई, बेङलुरु, दिल्ली, अहमदाबाद, कोलकातालगायत विभिन्न शहरहरू जाने इन्डिगोका १० उडान रद्द भए। त्यस्तै, सञ्चालन भएका विमानहरू समेत करिब आधा घण्टासम्म ढिला भए।
सोमबार पटना विमानस्थलबाट उडान भर्नुपर्ने ५ विमान रद्द गरिएका छन्। यस्ता उडानहरूमा मुख्यत: दिल्ली, बेङलुरु, चेन्नई र कोलकाता रहेका छन्। यात्रीहरूलाई व्यक्तिगत रूपमा उडान रद्द वा ढिला हुने जानकारी गराइँदैछ।
इन्डिगो संकटलाई ध्यानमा राख्दै पूर्व मध्य रेलवे (हाजीपुर) ले पटना–आनन्द विहार टर्मिनलका लागि स्पेशल ट्रेन सञ्चालन गरिरहेको छ। यात्रीहरूको सुविधाका लागि आइतबार सम्पूर्ण क्रान्ति र तेजस राजधानी एक्सप्रेसमा एक–एक अतिरिक्त यात्री डब्बा जोडिएको छ। साथै विमानस्थलमा हेल्प डेस्क पनि खोलिएको छ। हवाई यात्रीहरूका लागि समर्पित हेल्पलाइन नम्बर 9771449159 जारी गरिएको छ।
दानापुर रेल मण्डलका वरिष्ठ डीसीएम अभिनव सिद्धार्थका अनुसार, यात्रीहरूको सुविधाका लागि पटना–आनन्द विहार टर्मिनल स्पेशल ट्रेन सञ्चालनमा छ। सोमबार पनि 02309 पटना–आनन्द विहार टर्मिनल स्पेशल ट्रेन पटनाबाट साँझ 20:30 बजी प्रस्थान गरी पर्सिपल्ट 15:00 बजी आनन्द विहार पुग्नेछ। साथै तेजस राजधानीमा थर्ड एसीको एक र सम्पूर्ण क्रान्तिमा सेकन्ड एसीको एक अतिरिक्त डब्बा थपिएको छ, जसले गर्दा दुबै ट्रेनमा डब्बाको संख्या 22 बाट बढेर 23 पुगेको छ। पटना विमानस्थलमा 24 घण्टा हेल्प डेस्क सुविधा उपलब्ध गराइएपछि प्रभावित यात्रुहरूलाई राहत मिलेको छ।
गत ६ दिनमा पटनाबाट करिब 180 उडान सञ्चालन हुन सकेका छैनन्। यसबीच, एयरलाइन्सले आफ्नो 2,300 दैनिक उडानमध्ये 1,650 उडान सञ्चालन गर्न सफल भएको दाबी गरेको छ। इन्डिगोका सीईओ पीटर एल्बर्सले अवस्था सुधारिँदै गएको र 10 दिसम्बरसम्म नेटवर्क सामान्य हुने अपेक्षा व्यक्त गरेका छन्।
8 देखि 11 दिसम्बरबीच पटनाबाट 58 उडान रद्द हुने
इन्डिगोका 29 जोडी उडान, कुल 58 उडान, 8 देखि 11 दिसम्बरसम्म पटना बाट रद्द हुनेछन्। यसमा दिल्ली सेक्टरका 12 जोडी, हैदराबादका 5 जोडी र कोलकाता, बेंगलुरु र चेन्नईका 4–4 जोडी उडानहरू सामेल छन्।
8 दिसम्बर रातिको दिल्ली हवाई भाडा बढेर 13,200 रुपियाँ पुगेको छ र सो मितिमा दिल्ली, मुम्बई, बेङलुरु र हैदराबादका सबै उडानहरू पूर्ण रूपमा बुक भइसकेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी