नयाँ दिल्ली, 10 मार्च (हि.स.)। न्यूजील्याण्डलाई 4 विकेटले पराजित गरी भारतले तेस्रो पल्ट च्याम्पियन्स ट्रफीमा कब्जा गरेको छ। यस जितपछि टीम इण्डियालाई प्रधानमन्त्री नरेन्द्र मोदी समेत धेरै राजनेताहरूले बधाई र शुभकामना दिएका छन्।
भारतीय टीमको जितमा प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा पोस्ट गरी लेखेका छन्, एक असाधारण खेल र एक असाधारण परिणाम। आईसीसी च्याम्पिन्स ट्रफी घर ल्याउनका लागि हाम्रो क्रिकेट टीममाथि गर्व छ। उनीहरूले पूरा टूर्नामेन्टमा शानदार प्रदर्शन गरेका छन्। शानदार प्रदर्शनको निम्ति हाम्रो टीमलाई बधाई।
गृहमन्त्री अमित शाहले भारतीय टीमलाई बधाई दिँदै एक्समा पोस्ट गरी लेखेका छन्, एक यस्तो जित जसले इतिहास रच्यो, आईसीसी च्याम्पियन्स ट्रफी 2025 मा शानदार जित हासिल गरेकोमा टीम इण्डियालाई बधाई। मैदानमा तपाईको जोशीलो उर्जा र अजेय प्रभुत्वले देशलाई गौरवान्वित गऱ्यो र क्रिकेट उत्कृष्टताको निम्ति एक नयाँ मानक स्थापित गऱ्यो। तपाईले सदैव शानदार प्रदर्शन गरुन्।
रक्षामन्त्री राजनाथ सिंहले भने, भारतीय क्रिकेट टीमको यो शानदार जित र शानदार प्रदर्शन। क्रिकेट कौशलको शानदार प्रदर्शनको निम्ति पूरा टीमलाई बधाई। आजको यो जित धेरै युवाहरू र महत्वाकांक्षी क्रिकेटरहरूलाई प्रेरित गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी