बिहारको भोजपुरमा एकै परिवारका 5 जनाले विष खाए, 3 को मृत्यु, 2 को स्थिति गम्भीर
बिहारको भोजपुरमा एकै परिवारका 5 जनाले विष खाए, 3 को मृत्यु, 2 को स्थिति गम्भीर


पटना, 12 मार्च (हि.स.)। बिहारमा भोजपुर जिल्लाको बिहिया थानाको बेलवानीय गाउँमा हिजो राति एकै परिवारका 5 सदस्यले कीटनाशक खाँदा तीनको मृत्यु भयो भने दुईको स्थिति गम्भीर छ।

बिहिया थानाका सब इन्स्पेक्टर भगत यादवले भने, बेलवानीया गाउँमा एकै परिवारका पाँच सदस्यले कीटनाशक दवाई खाए, जसले गर्दा तीनको उपचार भइरहेको बेला मृत्यु भय़ो। परिवारका अन्य सदस्य बिहे समारोहमा गएका थिए तब यी सबैले विष खाए। घटनापछि घरका बाकी सदस्य जब बिहे समारोहबाट घर पुगे तब दैलो ढकढकाए तर कसैले दैलो खोलेन जसपछि दैलो भत्काउँदा पिता सहित उनका चार सन्तानलाई गम्भीर अवस्थामा पाइयो। त्यसपछि परिजनहरूले ती पाँचै जनालाई तुरन्तै सदर अस्पताल पुऱ्याए।

विष खानेहरूमा अरविन्द कुमार, उनकी छोरी नन्दनी कुमारी (12 वर्ष), डोली कुमारी (5 वर्ष), आदर्श कुमार (10 वर्ष) एवं टोनी कुमार (6 वर्ष) सामेल छन्। यसमा नन्दनी कुमारी, डोली कुमारी र टोनीको मृत्यु भयो। अहिलेसम्म घटनाको कारणहरू थाहा लागेको छैन। परिजनहरूले केही पनि बताइरहेका छैनन्। यद्यपि, पत्नीको मृत्यु भएदेखि पिता आफ्नो नानीहरूलाई लिएऱ धेरै चिन्तित रहनेगर्थ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande