भारत-बांग्लादेश सीमामा गत एक वर्षमा 2601 बांग्लादेशी नागरिक समातिए- गृह राज्यमन्त्री
राज्य


नयाँ दिल्ली, 12 मार्च (हि.स.)। गृह राज्यमन्त्री नित्यानन्द रायले बुधवार राज्यसभामा भारत-बांग्लादेश सीमामा गत एक वर्षमा 2601 बांग्लादेशी नागरिकहरूलाई समातिएको भनेका छन्।

गृह राज्यमन्त्री नित्यानन्द रायले राज्यसभामा अवैध प्रवासन र सीमा सुरक्षासित सम्बन्धित प्रश्नको लिखित जवाफमा भने, भारत-बांग्लादेश सीमामा 01 जनवरी 2024 देखि 31 जनवरी 2025 सम्म कूल 2601 जनालाई हिरासतमा लिइयो। 2024 मा जनवरीमा 138, फरवरी 124, मार्च 118, अप्रेल 91, मई 32, जून 247, जुलाई 267, अगस्त 214, सेप्टेम्बर 300, अक्टोबर 331, नोभेम्बर 310, दिसम्बर 253 र 2025 को जनवरी महिनामा 176 जनालाई हिरासतमा लिइएको छ।

उनले भने, भारत-बांग्लादेश सीमाको सुरक्षालाई मजबुत बनाउन सरकारले उन्नत निगरानी प्रणाली, अतिरिक्त बलहरूको तैनाती र तकनीकी एकीकरणलाई अपनाएको छ। सुरक्षा उपायहरूमा ह्याण्डहेल्ड थर्मल इमेजर, नाइट विजन डिवाइस, मानव रहित हवाई वाहन, सीसीटीवी अथवा पीटीजी क्यामरा आईआर सेन्सर र असमको धुबरीमा पायलट प्रोजेक्टको रूपमा स्थापित समग्र एकीकृत सीमा प्रबन्धन प्रणाली सामेल छ। परिचालन स्तरमा सीमामा लगातार पेट्रोलिङ, नाका, अवलोकन चौकीहरू तथा स्थानीय पुलिस र बर्डर गार्ड बांग्लादेशको साथ संयुक्त अभियान चलाइँदैछ।

सीमावर्ती क्षेत्रहरूमा फ्लड लाइट र सौर लाइटको माध्यमले प्रकाशको व्यवस्था गरिएको छ भने नदी क्षेत्रहरूको सुरक्षाको निम्ति डुंगाहरू र फ्लोटिङ सीमा चौकीहरू तैनात गरिएको छ। गोप्य नेटवर्कलाई मजबुत गरिएको छ ताकि तस्करहरूको पहिचान र निगरानी गर्न सकियोस्, साथै संवेदनशील क्षेत्रहरूमा अतिरिक्त अवरोधहरूको साथ बाड़लाई उन्नत गरिएको छ। सामुदायिक भागीदारीलाई प्रोत्साहित गर्न स्थानीय बैठकहरू, डग स्क्वाडको तैनाती, गहन वाहन गश्त र बीएसएफद्वारा संचालित 15 मानव तस्करी विरोधी एकाईहरूको सक्रियताले सुरक्षा उपायहरूलाई अझ् मजबुत गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande