गुवाहाटी, 12 मार्च (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह आफ्नो पूर्वोत्तरको तीन दिवसीय दौड़ाहमा 14 मार्चमा असम पुग्नेछऩ्। यस अवधि उनले असम र मिजोरममा पूर्व निर्धारित कार्यक्रमहरूमा भाग लिनेछन्। केन्द्रिय गृहमन्त्री शाह देरगाउँमा लचित बरफूकन पुलिस अकादमीमा एक उद्घाटन कार्यक्रममा सामेल हुनेछन्। शाहले कोकराझाड़मा अल बोडो स्टूडेन्ट्स यूनियन (आब्सू) को वार्षिक सम्मेलनलाई सम्बोधित गर्नेछन्।
जानकारी अनुसार, केन्द्रिय गृहमन्त्री अमित शाह 15 मार्चमा मिजोरम जान अगाड़ी पुलिस अकादमीको उद्घाटन गर्नेछन् औं पछि गुवाहाटी फर्किनेछन्। भोली पल्ट 16 मार्चमा उनी दिल्ली जान अगाड़ी 57औं आब्सू वार्षिक सम्मेलनलाई सम्बोधित गर्नेछन्। कोकराझाड़ जिल्लाको दोतमामा 13 मार्देखि शुरू भइऱहेको आब्सू सम्मेलनको उद्देश्य नीति निर्माताहरू, शिक्षकहरू र सामुदायिक नेताहरूलाई एकसाथ ल्याउनु हो। चर्चा शिक्षा, कौशल विकास र क्षेत्रीय शिक्षामाथि एनईपी 2020 को प्रभावमाथि केन्द्रित हुनेछ। विशेषज्ञहरूले उत्तम रोजगार अवसरहरूको माध्यमले शैक्षणिक ढांचालाई मजबुत बनाउने र युवाहरूलाई सशक्त बनाउने तरीकाहरूको विश्लेषण गर्नेछन्।
एक विशेष सत्रमा 'बोडोफा' उपेन्द्र नाथ ब्रह्मको सामाजिक र सांस्कृतिक सुधारहरूमा योगदानमाथि चर्चा गरिनेछ, जबकि एक अन्य प्यानलले बीटीआरमा शान्ति र सतत विकासमाथि चर्चा गर्नेछ। अन्तिम दिनको खुल्ला सत्रमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, बीटीआरका मुख्य कार्यकारी सदस्य प्रमोद बोडो, वरिष्ठ मन्त्री र सांसद सामेल हुनेछन्, जसले शिक्षा र शिक्षा र आर्थिक विकासको निम्ति नीति-निर्माणमाथि पर ध्यान केन्द्रित गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी