प्रधानमन्त्री मोदीले पाए मरीशसको सर्वोच्च सम्मान
मेडल


नयाँ दिल्ली, 12 मार्च (हि.स.)। मरीशसका राष्ट्रपति धरमबीर गोखलूले बुधवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजधानी पोर्ट लुइसमा देशको सर्वोच्च सम्मान ‘द ग्राण्ड कमान्डर अफ द अर्डर अफ द स्टार एण्ड की अफ़ द इण्डियन ओशन’ ले सम्मानित गरे। प्रधानमन्त्रीले पाएको यो 21औं अन्तरराष्ट्रिय सम्मान हो। प्रधानमन्त्रीले पूर्ण विनम्रता र कृतज्ञताको साथ स्वीकार गर्दै पुरस्कारलाई भारतबाट वर्षौं अगाड़ी मरीशस आएका पूर्वजहरू र उनीहरूका सबै पीढ़ीहरूलाई समर्पित गरे।

मरीशसको राष्ट्रिय दिवस समारोहमा सम्मानित प्रधानमन्त्रीले हार्दिक आभार प्रकट गर्दै भनेका छऩ्, यो केवल उनको नभएर 1.4 अरब भारतीयहरूको सम्मान हो। यो भारत र मरीशसबीचको सम्बन्धको वर्षौं पुरानो सांस्कृतिक र एतिहासिक बन्धनहरूलाई सम्मान हो। साथै प्रधानमन्त्रीले भारत-मरीशस रणनीतिक साझेदारीलाई नयाँ शिखरहरूमा लैजाने हरेक सम्भव प्रय़ास गरिरहने आफ्नो प्रतिबद्धता दोहोराए।

मरीशसका प्रधानमन्त्री नवीन चन्द्र रामगुलामले हिजो एक सामुदायिक कार्यक्रममा प्रधानमन्त्री मोदीलाई उनको देशको सर्वोच्च सम्मानले सम्मानित गरिने घोषणा गरेका थिए। उनले भऩेका थिए, प्रधानमन्त्री मोदी सम्मानको वास्तविक अधिकारी हुन्। यही कार्यक्रममा प्रधानमन्त्री मोदीले भारत सरकारको तर्फबाट राष्ट्रपति र उनकी पत्नी मीनालाई ‘ओवरसीज सिटिजन अफ इण्डिया’ (ओसीआई) कार्ड प्रदान गरेका थिए। यो कार्ड भारतमा आवाजाहीको भीसा सुविधा प्रदान गर्दछ र भारतीय मूलका विदेशी नागरिकहरूलाई प्रदान गरिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande