मणिपुरमा विभिन्न उग्रवादी संगठनहरूका 11 सदस्य पक्राउ
मणि


इम्फाल, 12 मार्च (हि.स.)। मणिपुर पुलिसले विभिन्न अभियानहरूमा अलग-अलग उग्रवादी संगठनहरूसित सम्बन्धित 11 सदस्यलाई पक्राउ गरेको छ।

पुलिसले इम्फाल ईस्ट जिल्लाको खोरे चिंगंगबम लैकै क्षेत्रबाट केसीपी (पीडब्ल्यूजी) का दुई सक्रिय क्याडर खोंगबामतबम नानाओ मैतेई उर्फ खंगानबा (25) र क्षेत्रिमयुम रोशन सिंह उर्फ किलर (25) लाई पक्राउ गऱ्यो। यसैगरी, मणिपुर पुलिस र 5/9 जीआरले इम्फाल ईस्ट जिल्लाको संजेमबम खुल्लेन गाउँ नजिकबाट केवाईकेएलको एक सक्रिय सदस्य कोन्जेंगबम इबोतोंचा मैतेई (54) लाई पक्राउ गऱ्यो। अपराधी बलजफ्ती असूलीमा संलिप्त थियो। उदेखि 7.62 एमएमको एके राइफलको 45 गोली, एक मोबाइल फोन र एक वलेट जफत गरियो।

यस बाहेक पुलिसले विश्नुपुर जिल्लाको कुम्बी-पीएस क्षेत्रबाट पीआरईपीएके (प्रो) को एक क्याडर, लैशराम टोम्बा उर्फ सुरेश मैतेई (36) लाई पक्राउ गऱ्यो, जो काकचिंग र विश्नुपुर जिल्लाका मानिसहरूबाट बलजफ्ती असूलीमा सामेल थियो। उदेखि एक हजार रूपियाँ नगदी र एक मोबाइल फोन जफत गरियो।

लमसांग-पीएस, इम्फाल वेस्ट जिल्लाको तेरा उरक क्षेत्रमा केसीपी (पीडब्ल्यूजी) को अस्थायी शिविरमा छापा मारेर सात सक्रिय सदस्यहरूलाई पक्राउ गरियो। यसमा पेबम बिशोरजीत सिंह (27), केशम बिशोरजीत सिंह (28), वारेपम प्रेमानन्द सिंह (37), याम्बेम शीतल सिंह (35), डब्ल्यूएम अरिफ खान (24), वाहेंगबम मोमोचा मैतेई (37) र लोइतोंगबम हेम्बा सिंह (35) सामेल छन्। उनीहरूदेखि हतियार, गोला-बारूद, मोबाइल फोन, आधारकार्ड, मतदाता पहिचान पत्र र दुई चक्के वाहन जफत गरियो।

यस बाहेक पहिले उत्तराखण्डमा पक्रा परेका तीन व्यक्तिलाई मणिपुर पुलिसद्वारा इम्फाल ल्याइएको छ। यी आरोपीहरू फरवरी 2025 मा तत्कालीन मुख्यमन्त्रीले राजीनामा दिएपछि मणिपुरका केही विधायकहरूलाई फोन गरेर भारी रकमको माग गरिरहेका थिए औं मुख्यमन्त्री पदको निम्ति वाचा गरिरहेका थिए। पक्रा परेका आरोपीहरूको पहिचान उवैश अहमद (19, उत्तर प्रदेश), गौरव नाथ (19, पूर्वी दिल्ली) तथा प्रियांशु पन्त (19, पूर्वी दिल्ली) को रूपमा भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande