रायपुर, 10 मार्च (हि.स.)। छत्तीसगढ़का पूर्व मुख्यमन्त्री एवं कांग्रेसका राष्ट्रिय महासचिव भूपेश बघेलको निवासमा सोमवार बिहान प्रवर्तन निदेशालय (ईडी) को टीमले छापा मारेको छ। आधिकारिक जानकारी अनुसार, ईडीको टीम भिलाई स्थित भूपेश बघेलको आवास सहित उनको छोरा चैतन्य बघेलको घर र प्रदेशभरिमा कूल 14 ठेगानामा छापा मारेको छ। ईडीको अलग-अलग टीमहरूले रायपुर, भिलाई सहित अन्य जिल्लाहरूमा एकसाथ छापा मारेको छ। ईडीको टीम कांग्रेस नेताको निवासमा बिहान 7 बजी पुग्यो। टीमका अधिकारीले अहिले भूपेश बघेलसित सोधपुछ गरिरहेको छ।
कांग्रेसले आऱोप लगाएको छ, भाजपाको इशारामा ईडी कांग्रेसका राष्ट्रिय महासचिव पूर्व मुख्यमन्त्री भूपेश बघेलको भिलाई निवासमा पुगेको छ। ईडीको यो कारबाही मनी लन्ड्रिङ र आर्थिक अनियमितताहरूसित जोड़िएको मामिलाहरूमा गरिँदैछ।
उल्लेख्य, रक्सी घोटाला, कोइला घोटाला र महादेव सट्टा एप मामिलामा पूर्व सीएम भूपेश बघेलको नाम अगाड़ी आएको थियो तबदेखि उनी ईडीको रडारमा थिए। ईडीको अलग-अलग टीमहरूले रायपुर, भिलाई सहित अन्य जिल्लाहरूमा एकसाथ छापा मारेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी