परिसीमनको मुद्दामा सदनमा हंगामा, संसद बाहिर डीएमके सांसदहरूको विरोध प्रदर्शन
डी


नयाँ दिल्ली, 10 मार्च (हि.स.)। द्रविड़ मुनेत्र कड़गम (डीएमके) का सांसद तिरूचि शिवा र पार्टीका अन्य सांसदहरूले परिसीमनको मुद्दामा सोमवार संसद बाहिर विरोध प्रदर्शन गरे। पत्रकारहरूसित कुराकानीमा तिरूचि शिवाले केन्द्र सरकारसित परिसीमन प्रक्रियाको विकल्प खोज्ने अपील गरे औं दक्षिण भारतका राज्यहरूमा यसको प्रतिकूल प्रभाव पर्नुहुँदैन भने।

प्रदर्शनमा डीएमके सांसदहरूले डोन्ट विक्टिमाइज्ड सदर्न स्टेट्स, वी वान्ट जस्टिस को नारा लगाए। यस अवसरमा तिरूचि शिवाले भने, परिसीमनको प्रक्रिया 2026 मा पूरा हुनुछ। संवैधानिक नियमहरू अनुसार यसलाई जनसंख्याको आधारमा पूरा गरिनुपर्छ। यस अगाड़ी 42औं संशोधन र 84औं संशोधनमा यसलाई 25 सालपछि पूरा गर्ने फसेला गरिएको थियो किनभने परिवार नियोजन नीतिहरूको प्रगतिलाई ध्यानमा राख्नुपर्नेछ। यदि परिसीमनको प्रक्रिया त्यस आधारमा पूरा गरिन्छ भने तमिलनाडू सहित सबै दक्षिणी राज्यहरूलाई नोकसान हुनेछ।

यस अगाड़ी आज राज्यसभामा तिरूचि शिवाले तमिलनाडूको निम्ति परिसीमनमाथि चर्चा गर्न राज्यसभाको बिजनेस रूल्स 267 अन्तर्गत एक नोटिस दिएका थिए तर उपसभापतिले यस नियम अन्तर्गत दिइएको सबै दलहरूका सदस्यहरूको नोटिस खारेज गर्दै सदनको कारबाही अगाड़ी बढ़ाए। त्यसपछि यसलाई लिएर सदनमा हंगामा भयो र विपक्षले सदनबाट वकआउट गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande