नयाँ दिल्ली, 10 मार्च (हि.स.)। लोकसभामा सोमवार राष्ट्रिय शिक्षा नीतिमाथि भएको बहसबीच भाजपा सदस्य निशिकान्त दुबेले तमिलनाडूको क्षेत्रीय राजनीतिक दल एवं सत्तारूढ़ द्रविड़ मुनेत्र कड़गम (द्रमुक) माथि पृथकतावादी भावना भ़ड्काएको आरोप लगाए। द्रमुक देशका संरचनालाई तोड्न चाहन्छ, उनले भने।
निशिकान्त दुबेले लोकसभामा भने, तीन भाषा फार्मूलाको विरोध गरी द्रमुख पार्टीले वास्तवमा तेलगु, कन्नड़, तमिल, मैथली र संथालीको विरोध गरिरहेको छ। उसले केवल ब्रिटिशहरूको अंग्रेजी नै लागू गर्न चाहन्छ। तमिल देशको प्राचीन भाषाहरूमध्ये एक हो तर संस्कृत त्यसभन्दा पनि अधिक पुरानो भाषा हो। देशको हरेक मन्दिरमा पूजा अर्चना संस्कृत भाषाको माध्यमले हुन्छ।
उल्लेख्य, केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सोमवार लोकसभामा भने, द्रमुक सरकारले तमिलनाडूमा राष्ट्रिय शिक्षा नीति (एनईपी) 2020 लागू नगरेर छात्रहरूको भविष्य बर्बाद गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी