नयाँ दिल्ली, 10 मार्च (हि.स.)। लोकसभामा नेता विपक्ष राहुल गान्धीले सोमवार सदनमा मतदाता सूचीमा अनियमितताको मुद्दा उठाए औं भने, देशभरिबाट यसको शिकायत आइऱहेको छ। गैर एनडीए शासित राज्यहरूबाट यो मुद्दा उठिरहेको छ। राहुलले विशेष रूपमा महाराष्ट्रको उदाहरण दिए। साथै पूरा विपक्षले सदनमा भोटर लिस्टमाथि चर्चा हुनुपर्ने चाहेको माग गरे।
लोकसभामा शून्य कालको चर्चामा राहुलले यो मुद्दा उठाए। उनले भनेका छन्, सरकारले मतदाता सूची बताउँदैन, यो कुरा सही हो तर पूरा विपक्षले यस मुद्दामा सदनमा चर्चा हुनुपर्ने चाहेको छ। विपक्षी राज्यहरू र पूरा देशबाट मतदाता सूचीमाथि प्रश्न चिह्न खड़ा भइरहेको छ। पूरा विपक्षले संसदमा भोटर लिस्टमाथि विस्तृत चर्चाको माग उठाइऱहेको छ।
तृणमूल सांसद सौगत रोयले पनि हरियाणा र पश्चिम बंगालमा मतदाता सूचीहरूमा एक जसो निर्वाचक फोटो पहिचान कार्ड संख्याहरूको उदाहरण दिँदै भने, यस प्रकारको गड़बड़ीहरूले पश्चिम बंगाल र असममा आगामी चुनाउ प्रभावित हुनसक्छ। उनले चुनाउ आयोगसित मतदाता सूचीको विस्तारले जाँच गरिने माग गरे।
अर्कोतिर, सोशल मीडिया एक्समा एउटा पोस्टमा पनि राहुल गान्धीले भऩेका छन्, महाराष्ट्रको भोटर लिस्टमा गड़बड़ीहरूलाई लिएर उनको प्रेस कन्फ्रेन्स भएको एक महिना धेरै भएको छ। पारदर्शितालाई लिएर चुनाउ आयोगसित हामीले मागहरू गरेका थियौं। यी मागहरू अहिलेसम्म पूरा गरिएको छैन। अब भोटर लिस्टमा डुप्लीकेट नामहरूको नयाँ साक्ष्यहरू अगाड़ी आएको छ, जसबाट अझ् पनि नयाँ र गम्भीर प्रश्न खड़ा भइरहेको छ। लोकतन्त्र र संविधानको मूल्यहरूको रक्षाको निम्ति यो चर्चा धेरै जरूरी छ।
उल्लेख्य, यस अगाड़ी राहुल गान्धीले महाराष्ट्र चुनाउहरूमा मतदाता सूचीको मुद्दा सदनमा उठाएका थिए। तब राहुलले भनेका थिए, महाराष्ट्र चुनाउहरू अगाड़ी लगभग 70 लाख नयाँ मतदाताहरूलाई मतदाता सूचीमा जोड़िएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी