राज्यसभाबाट विपक्षले गऱ्यो वकआउट, नड्डाले भने- यिनीहरूलाई फ्रेशर कोर्स गराउने आवश्यकता
नड्डा


नयाँ दिल्ली, 10 मार्च (हि.स.)। संसदको बजेट सत्रको दोस्रो भागको शुरूआतको पहिलो दिन सोमवार दुवै सदनमा विपक्षी दलहरूले हंगामा गरे। धेरै बेरसम्म नारा लगाएपछि राज्यसभाबाट विपक्षले वकआउट पनि गऱ्यो। विपक्षको यस आचरणमा राज्यसभामा सदनका नेता एवं केन्द्रिय मन्त्री जेपी नड्डाले रोष व्यक्त गरे। उनले राज्यसभामा उपसभापति हरिवंशसित विपक्षका सदस्यहरूलाई फ्रेशर कोर्स गराउने सिफारिश गरे।

सोमवार राज्यसभामा नियम 267 अन्तर्गत राखिएका सबै नोटिसलाई खारेज गर्दै उपसभापतिले सदनको कारबाही शुरू गरे तर विपक्षका केही सदस्य र नेता विपक्ष मल्लिकार्जुन खड़गेले तय मुद्दाहरूदेखि हटेर अन्य विषय उठाउन थाले। नेता विपक्षले मतदाता सूचीमा कथित हेराफेरीको मुद्दा उठाउने प्रयास गरे। यसमा उपसभापतिले सभापतिद्वारा 08 दिसम्बर 2022 र 19 दिसम्बर 2022 मा दिइएको व्यवस्थाको उल्लेख गर्दै भने, अहिले यो मुद्दा रेकर्डमा हुनेछैन। यसपछि कांग्रेस सदस्यहरूले नारा लगाउन थाले औं पछि सदनबाट वकआउट गरे।

नेता सदन जेपी नड्डाले विपक्षको वकआउटको निन्दा गर्दै यसलाई गैर-जिम्मेवार व्यवहार बताए। उनले भने, केही दिनदेखि हेरिरहेछु कि सदनमा नियम 267 अन्तर्गत केही मानिसहरूले नोटिस दिन्छन् औं सभापतिले धेरै पल्ट रूलिङ दिएका छन्, त्यस नियम र रूलिङलोई ध्यानमा राखेर तपाईले त्यसलाई रिजेक्ट गर्छन्। यो जुन प्रथा छ, यो कतै न कतै विपक्षको तर्फबाट संस्थागत ढांचालाई नोकसान पुऱ्याउने कुत्सित प्रय़ास हो। यिनीहरूले सदनमा चर्चा गर्नमा पनि रूचि देखाइरहेका छैनन्। नरेन्द्र मोदी नेतृत्व सरकार हरेक विषयमाथि चर्चा गर्न तयार छ तर केही नियम र कानून हुन्छ, जस अन्तर्गत बहस हुन्छ। देशले यो बुझ्नुपर्छ कि कुन प्रकारले विपक्षले गैरजिम्मेवार व्यवहार गरिरहेको छ। संसदमा कुनैपनि विषयमाथि चर्चाको निम्ति तयार छौं। प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतलाई विश्वमा स्थापित गर्ने काम भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande