नयाँ दिल्ली, 10 मार्च (हि.स.)। संघ लोक सेवा आय़ोग (यूपीएससी) ले उसले जनवरी 2025 को निम्ति भर्ती परिणाम जारी गरेको भनेको छ। उसले डाक संचारको माध्यमले सफल उम्मेदवारहरूलाई व्यक्तिगत रूपमा सूचित गरेको छ, आयोगले भन्यो।
यूपीएससीको तर्फबाट सोमवार जारी आधिकारिक अधिसूचना अनुसार, संघ लोक सेवा आय़ोगद्वारा जनवरी 2025 को महिनामा निम्नलिखित भर्ती परिणामहरूलाई अन्तिम रूप दिइएको छ। अनुशंसित उम्मेदवारहरूलाई डाकद्वारा व्यक्तिगत रूपमा सूचित गरिएको छ। आयोगले भन्यो, उसले अन्य उम्मेदवारहरूको आवेदनहरूमा विधिवत विचार गऱ्यो तर उनीहरूलाई साक्षात्कारको निम्ति बोलाउनु अथवा पदको निम्ति उनीहरूको सिफारिश गर्नु सम्भव हुनसकेन, यसको निम्ति खेद छ।
नियुक्तिहरूमा 10 उम्मेदवारलाई संस्कृति मन्त्रालय अन्तर्गत भारतीय राष्ट्रिय अभिलेखागारमा पुरालेखपाल (सामान्य) को पदमा नियुक्त गरिएको छ। यस बाहेक श्रम एवं रोजगार मन्त्रालय अन्तर्गत कर्मचारी भविष्य निधि संगठनमा प्रवर्तन अधिकारी/लेखा अधिकारीको पदमा 418 उम्मेदवारहरूको नियुक्ति गरिएको छ। जल शक्ति मन्त्रालय अन्तर्गत केन्द्रिय भूजल बोर्ड, जल संसाधन विभाग, नदी विकास र गंगा संरक्षणमा सहायक अभियन्ताको पदमा चार उम्मेदवारलाई नियुक्त गरिएको छ।
राष्ट्रिय राजधानी क्षेत्र दिल्ली सरकारमा आयुष निदेशालय, स्वास्थ्य एवं परिवार कल्याण विभागमा सहायक प्रोफेसर/व्याख्याता (एनाटोमी) को पदमा पाँच उम्मेदवारको नियुक्ति गरिएको छ। सूक्ष्म, लघु र मध्यम उद्यम मन्त्रालय अन्तर्गत विकास आयुक्तको कार्यालयमा सहायक निदेशक ग्रेड-I को पदमा चार उम्मेदवारलाई नियुक्त गरिएको छ। यस बाहेक उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण विभाग र स्वास्थ्य एवं परिवार कल्याण विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय आदिमा पनि उम्मेदवारहरूलाई नियुक्ति दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी